समाचार

नेता लिंदेनले काँग्रेस, एमाले र माओबादीबाट १५३ जनालाई प्रवेश गराए राप्रपा

१० साउन, काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिगंदेनले आज १५३ जनालाई पार्टी प्रवेश गराएका छन् । उनले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओबादीलगायतका स्थानीय नेताहरुलाई राप्रपा प्रवेश गारएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
उनले भनेका छन्ः आज बालुबाडी, केचना र पठामारीमा आयोजित अलगअलग कार्यक्रममा नेकाका क्रियाशील सदस्यहरू फागुलाल राजवंशी, सतु शर्मा, हेमनारायण गणेश, ब्रम्हलाल गणेश, दिनलाल गणेश, नेकपाका क्रियाशील सदस्य टेकप्रसाद निरौला, मावोवादी सम्बद्ध शिक्षक कमल बानियाँ लगायत १५३ जनाले राप्रपा प्रवेश गर्नुभएको छ।