पु.समाचार

केसी मेमोरियल ट्रष्टद्वारा अक्सिजन कंन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण

१० साउन, नुवाकोट । यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले शनिबार नुवाकोटमा स्वास्थ्य सामाग्री निःशुल्क हस्तान्तरण गरेको छ । जिल्लाको तादि गाउँपालिका नर्जा र बिदुर नगरपालिका वडा न १० गेर्खुटार मा एक रएक थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पिपिई लगायत स्वास्थ सामाग्रीहरु ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सि उपस्थितिमा सम्वन्धित स्थानिय तहमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।

‘सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ’ भन्ने मुल मान्यता राखी कोभिड १९ महामारीमा जिल्लावासीलाई अक्सिजनको अभाव हुन नदिन व्यवस्थापनको गर्न आफुलाई अग्रणी मोर्चामा उभ्याएको ट्रष्टले दाबी गरेको छ ।
महासचिव केसीले पछिल्लो समय जिल्लामा कोभिड १९ नयाँ प्रजाती डेल्टा भेरियन्ट भेटियको अवस्थामा अझ थप जोखिम वढ्ने तर्फ सचेत रहन र आफु पनि वचेर अरुलाई वचाउन समस्त जनजनलाई हार्दिक अपिल गरेका छन् ।
नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापतिसमेत रहेका महासचिव केसीले सामाग्री व्यवस्थापन र सहयोगी बिभिन्न सस्था र दाताहरुलाइ हार्दिक धन्यवाद दिएका छन् ।