सामाजिक सञ्जाल

झलनाथ असहाय भए चन्दा उठाएर उपचार गरौं, राज्यकोषबाट खर्च गर्ने सरकारी निर्णय फिर्ता होस्ः नेता गुरुगं

१० साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगँले नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने मन्त्री परिषदको निर्णय तत्काल सच्याउन माग गरेका छन् । उनले ट्वीट गर्दै सरकार कानुनभन्दा माथी नहुने भन्दै जनस्वास्थ्य ऐन २०७५ को प्रतिकुल हुने गरी गरिएको सरकारी निर्णय तत्काल सच्याउन पुर्व साँसदसमेत रहेका नेता गुरुगंले माग गरेका छन् ।
नेपाली काँग्रेसका सभापति आफ्नै पार्टीका नेतृत्वकर्ता प्रधानमन्त्री बनेका बेला पुर्बवर्ति केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको नेता गुरुगंले बिरोध गर्दै जनबिरोधी निर्णय फिर्ता लिन माग गरेका हुन् ।

उनले भनेका छन्, ‘पुर्ब प्र.म.खनाल साँच्चिकै असहाय हुनुहुन्छ भने झलनाथ खनाल उपचार कोष बनाएर चन्दा मागे कानुनसम्मत हुन्छ।’

नेता गुरुगंको ट्वीटः कानुन भन्दामाथि सरकार हुँदैन। जनस्वास्थ्य ऐन २०७५ प्रतिकूल हुनेगरी पुर्ब प्रधानमन्त्री झलनाथ खनालको सम्पुर्ण स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रीपरिषदको निर्णय सच्याऊ सरकार !पुर्ब प्र.म.खनाल साँच्चिकै असहाय हुनुहुन्छ भने झलनाथ खनाल उपचार कोष बनाएर चन्दा मागे कानुनसम्मत हुन्छ।