राजनीति

धर्मनिरपेक्षता नाममा प्रमुख नेताहरुको आडमा नियोजित रुपमा हिन्दू धर्ममाथी आक्रमण– अध्यक्ष थापा

१० साउन, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट बिच बैचारिक, चरित्रगत, नितिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै काङ्ग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने वताएका छन् । शनिबार काठमाण्डौको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले चौध बर्ष अघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको वताएका छन् । अध्यक्ष थापाले मुलुकमा ब्याप्त बिकृती, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्म माथि आक्रमण भईरहेको वताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन् । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार संचालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाएका छन् ।
पार्टीको महाधिबेशन र स्थानिय तहको निर्बाचनको तयारी तिब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिदै थापाले संगठन सुदृढीकरण, सकृय सदस्यता बितरण अभियान र जनताको सुखदुखमा उच्चप्राथमिकता साथ काम गर्न आग्रह गरे । काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आबश्यकता औल्याउँदै थापाले जनताले बिकल्प खोजेका छन्, अबको बिकल्प राप्रपा बनाउनको निमित्त सक्रियता पुर्बक काम गर्न जोड दिए । कार्यक्रममा नेकपा एमालेका काठमाण्डौ जिल्ला सदस्य न्युक्षे महर्जन सहित सयौं राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं. ५ (क) का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।