प्रदेश 1

बिपीको सम्झनामा वराहक्षेत्रमा वृहत् सरसफाइ, आयोजित रक्तदानमा ६७ प्रिन्ट रक्त संकलन

  • संगम बिष्ट/९ साउन, चक्रघट्टी । वराहक्षेत्र – ७ स्थित नेपाली कांग्रेस वडा कार्य समितिले जन-नायक बिपी कोईरालाको ३९ औं स्मृति दिवसको अवशरमा मुख्य चोक तथा बजारमा वृहत् रुपमा सरसफाइ गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जन-निर्वाचित प्रधानमन्त्री समेत रहेका स्वर्णिय कोइरालाको जन्म जयन्तीको अवशरमा नेपाली कांग्रेस वराहक्षेत्र ७ नम्बर वडा कार्य समितिले मङलवार बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।
    बाङ्गे बजारबाट सुरु भएको सरसफाइ कार्यक्रम वाङ्गे – चक्रघट्टि सडक खण्डहुदै चक्रघट्टि स्थित महेन्द्र गेट, शिललय मन्दिर त्यस्तै शिवलयबाट ढिकझोडा र सोमवारे चौकसम्म सरसफाइ गरेको नेपाली कांग्रेस वडा नं ७ का सभापति केशब निरौलाले बताए ।
    नेपाली राजनीति र नेपाली समाजमा बिपी कोइरालाको योगदान चर्चा जिबन्त बनाउन स्मृति दिवशरमा सरसफाइ कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस क्षेत्र नं ४ सचिव रमेश कार्कीले बताए । नेपालको इतिहासमा राणा शाशन अन्त्य गरेर सफा समाज बनाउने उदेश्यमा सफल भएका बि।पि। कोईरालाको स्मृतिमा सरसफाइ कार्यक्रम आयोजना कार्कीले बताए ।
    सरसफाइ कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय जनप्रशासन बिभाग सदस्य तथा महासमिति सदस्य बाबुराम बिष्ट, पुर्ब जिल्ला सचिब बुद्धिबहादुर कट्वाल, जिल्ला सदस्य राजदिप लामा, मुना अधिकारी, नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति सभापति बाबुराम आचार्य, नेपाल राई संघ सुनसरी सभापति सन्त राई, नेपाली कांग्रेस नगर सचिव प्रेम प्रसाईं, नेपाल बिद्यार्थी संघ सुनसरी सह( सचिव तिर्थराज भट्टराई, नेपाल आदिवासि जनजाति संघ वराहक्षेत्र सभापति मधुकर तामाङ, नेपाल महिला संघ वराहक्षेत्र सभापति छबिना मगर, नेपाल शिक्षक संघ वराहक्षेत्र सभापति कृष्ण गुरागाई, नेपाल बिद्यार्थी संघ वराहक्षेत्र सभापति प्रतीक राई, नेपाली कांग्रेस वडा नं ३ सभापति नारायण निरौला, ६ नम्बर सह( संयोजक तुलसी श्रेष्ठ त्यस्तै नेपाली कांग्रेस वराहक्षेत्रका अगुवा नेताहरु कपिल आचार्य, तिलक कार्की, लक्ष्मण थापा, पुजा धामी, माधब सुवेदी, दिपक मगर, मञ्जु आचार्य, मिना रिजाल लगाएत नेता तथा सयौं कार्यक्रताको उपस्थिति रहेको थियो ।
    मङलवार सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरेर बिपी स्मृति दिवसलाई दुई दिवशिय रुपमा मनाउने कार्यक्रम अनुसार बुधबार सोमवारे चौकमा रक्तदान कार्यक्रम आयोजना गरिएको ७ नम्बरका वडा सभापति निरौलाले बताए ।
    साहित्यमा बिश्वेस्वर प्रसाद कोइराला र राजनीतिमा बिपी कोइरालाको रुपमा परिचित कोइरालाको मृत्य ६८ बर्षको उमेरमा २०३९ साउन ६ गते भएको थियो ।
    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाले जहानिया राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवारलाई शाशकहरुले देश निकाला गरि दिएका थिए ।
    प्रभाषमै रहेर बिपीले भारतको स्वतन्त्रता संग्राममा सहयोग गरेका उनले भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाकाकालागि योजना बनाउन सुरु गरेका थिए । भारतमै बसेर जहानिया राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बिच एकता भएपछि २००७ सालको क्रान्ति सफल पार्ने बिपिले नेतित्व गरेका थिए ।क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बिपिले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा बिपिले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएर जनप्रिय नेताहरुमा आफुलाई स्थापित गराएका थिए । विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि बिपी लगाएतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता बिपि, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह, मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका बिपीले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।
    बराहक्षेत्र ७ नम्बर वडाको आयोजनामा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिको छ । उक्त रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका थिए। कोरोना माहामारीका कारण रगतको अभाब भएको भन्दै नेपाली काँग्रेस स्थानीय तहले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको बताईएको छ । बराहक्षेत्र काँग्रेस पछिल्लो समयमा रक्तदान, सरसफाई तथा कोरोना बिरुद्धको कार्यक्रममा सकृय भएको स्थानीयले बताउन थालेका छन् ।