विचार/ब्लग

प्रधानमन्त्री देउवालाई बाजुराबाट लेखे काँग्रेस कार्यकर्ता प्रकाशले यस्तो मार्मिक चिठी

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।
सत्य बहुआयामिक हुने रहेछ भन्ने आदरणीय नेता विपी कोइरालाको भनाई आत्मसाथ गदै सत्य माथि कसैको एकाधिकार हुँदैन भन्ने दृढता पेश गरेर चिठी नलेखेको लामो समयको अन्तराल पछि म सम्माननीय प्रधानमन्त्री ज्यू लाई सम्बोधन गरी चिठी लेख्न गएको छु। यहाँ चिठी लेख्ने क्रममा हजुरको नाम नै खुलाउन गएको छु। खासमा नखुलाउँदा नि हुन्थ्यो तर नयाँ पुस्तालाई बोध वा अवगत गराउनलाई पनि यहाँको नाम लेख्न विवश भएँ।
विषम परिस्थितिमा सरकारको नेतृत्वमा पुग्नु भएको छ, सर्वप्रथम यहाँलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु। यहाँको पाचौँ कार्यकाल स्वर्णिम युगका रुपमा दर्ज होस्। कुरा हो, आजभन्दा १२ वर्ष अगाडी तपाईसँग कैलालीमा पहिलो पटक भेट्ने अवसर मिलेको थियो। करिव १२ वर्ष पछि तपाई पाचौँ पटक नेपालको सम्माननीय प्रधानमन्त्रीका रुपमा वालुवाटार प्रवेश पछि ७ साउन, २०७८मा भेटेको थिएँ। लामो समयको अन्तरालपछि आदरणीय व्यक्तित्वको निकटतामा उभिने अवसरपछि आफुलाई भाग्य मानि पाएँ। म भाग्यमानी यस अर्थमा भएँ की बाजुराको एउटा सामान्य पारिवारीक वातावरणमा हुर्किएको केटोको बालुवाटारमा पहिलो पाहिला टेक्ने अवशर पाएको थिएँ। यसर्थ यहाँले सामान्य पारिवारीक वातावरण भएका तमाम नेपालीका लागि वालुवाटार प्रवेशका निम्ति गरेको विगतको संघर्षको प्रतिफल हो यो वालुवाटार प्रवेश। यहाँलाई काँग्रेसले जति चिन्छ आम नेपालीलाई नि कांग्रेस सरह चिन्नेछन्। तपाईको कार्यकालले तपाईको दुरदर्शि नेतृत्वको अनुभुति गराउने छ। यसर्थमा कि विगतमा तपाईलाई असफल प्रधानमन्त्रीका रुपमा चिन्नेलाई पनि यो पटक सफल र दृढ नेतृत्वका रुपमा चिनाउने मौका मिलेको छ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
एउटा विषम परिस्थितिमा देशको कार्यकारीका रुपमा पदस्थापनसँगै आम कांग्रेस जनमा र सर्वसाधारणमा खुसीयाली छाएको छ।संविधानको विशिष्ट शक्तिको लामो व्याख्या पछिको सम्मानित न्यायालयको परमादेशले यहाँलाई प्राप्त जिम्मेवारी सत्य, निष्ठा र त्यागको उपज हो। संविधानको धारा ७६(५) ले संसदको विवेको मत माथिको कदर गर्दछ‌। यसले दलिय प्रणालीको संरक्षण गर्दछ। यो जनताका प्रतिनीधिको विशिष्ट अधिकार हो‌। जुन कुरा संविधानको धारामा नै लिपिवद्व गरिएको छ। सम्भवतः इतिहासमा तपाईले प्राप्त गरेको जिम्मेवारी एउटा सार्वभौम नागरिकको सम्मान हो।
अदालतले त धारा ७६(५) को व्याख्या गरेको हो त्यसैले तपाईलाई प्राप्त जिम्मेवारी एउटा विधि र पद्दति माथिको विजय हो। समाजवादउन्मुख संविधान माथिको विश्वास हो। संविधानवादको जिवन्तताको एउटा उदाहरण हो। यसले तपाईको व्यक्तिगत र समग्रमा कांग्रेस पार्टीको लोकतन्त्र, समाजवाद र प्रजातन्त्र माथिको आस्थालाई एउटा बिन्दुमा पुगाएको छ।
बैठकमा उपस्थिती २४९ जना मध्ये १६५(६६.२६प्रतिशत) संसदबाट अनुमोदीत भएसँगै यहाँको कार्यकाल थप ससक्त र प्पभावकारी हुने कुरामा दुईमत छैन। यसरी अनुमोदित हुँदै गर्दा तपाई माथीको विश्वास झन चुलिएको छ। तपाईले प्राप्त गरेको विश्वासको मत लोकतन्त्रको जिवन्तता र स्वेच्छाचारीको अन्त्य हो। यसले संविधानवादको वकालत गरेको छ। यसले पोडियमको शक्तिको मापन गरेको छ।
म सम्माननीय प्रधानमन्त्रीज्यूलाई फेरि पनि एउटा तपाईको कार्यकर्ता नभएर एउटा सार्वभौम नागरिकका रुपमा सम्वोधन गरी जनताको चासो र गुनासको सन्दर्भमा यसै पत्रको सहाराले अवगत गराउन चाहान्छु। विश्व अर्थतन्त्र नै कोरोनाका कारण तहसनहस भएको बेला नेपालको अर्थतन्त्र सवल हुने कुरै भएन तसर्थ यहाँको पहिलो जिम्मेवारी नै अर्थतन्त्रलाई सुदृढ वनाउने रहनुपर्दछ‌। कोरोना नियन्त्रण र रोखथामका लागि पब्लिक प्राइभेट पाटर्नसिपका माध्यमद्वारा सहजिकरण गरी यसको निर्मुलीकरणमा ध्यान दिनुपर्ने हुनसक्छ। संविधानको विशिष्टिकृत व्यवस्थालाई मध्येनजर गरेर समतामुलक समाजको निर्माणमा यहाँको ध्यान आकृष्ट हुनेछ। उदाहरणार्थ पेश गर्दा तपाईको कार्यकालमा सुरु भएको दलित विकास समिति र दलित आयोग नाममा मात्र सिमित छन् यी दुई दलित सम्बद्द सरकारी संयन्त्रको कार्यमुलक नतिजाका लागि यहाँले पहल गर्नुहुनेछ। यहाँको मन्त्रीमण्डल विविधतायुक्त सहितको वृहत समावेशितामा आधारित हुनेछ भन्ने कुरामा म पुर्ण विश्वासमा छु।
विषम परिथितिको समयमा यहाँको कार्यकाल थप चुनौतिपूर्ण नै छ। तर यही चुनौतिलाई अवसरका। रुपमा लिन सकेका खण्डमा यहाँको कार्यकाल सफल रहने छ त्यसका लागि एउटा कार्यकर्ता वा नागरिकका हिसाबले सम्माननीय प्रधानमन्त्री ज्यू लाई यसै पत्रका माध्यमद्दारा सुझाव पेशा गर्दछु जुन निम्नानुसार छन्ः
१. उच्चस्तरीय राजनीतिक सुझाव समितिको गठन गर्ने।
२. बहुलवादको सम्मानका लागि सहजिकरण गर्न मल्टिपार्टी सहभागिताको सुनिश्चितताका लागि उच्चस्तरीय राजनीतिक समितिलाई समन्वयकर्ताको रुपमा अगाडी बढाउने।
३. सल्लाहकारमा आसेपासे भन्दा फरक पब्लिक स्यान्टिमेन्ट र पब्लिक कन्सर्न लाई मध्ये नजर गर्ने खालको टिम बनाउने।
४. पार्टी भित्र र बाहिरका सरोकारवाला सँग छलफल र वार्ताका माध्यमद्वारा रचनात्मक सुझाव लिने ।
५. मास मिडियामा बोल्दा वा मिडिया फेस गर्दा मिडियाको स्यान्टीमेन्ट वा मिडीया बुझेको मान्छेलाई प्रयोग गर्ने।
६. जनताको आवश्यकताको पुर्वानुमान गरी त्यसको समाधानमा जागरुकता देखाउने।
७. कोरोना नियन्त्रणका लागि साझा प्पतिवदता सहित सरोकारवाला सम्बद्द सबैसँग सहकार्य गर्ने।
८. विपत व्यवस्थापनका लागि एउटा छुट्टै युनिट विकास र विस्तार गर्ने।
९.असंबैधानिक रुपमा ओली सरकारले गरेका सम्पुर्ण असंवैधानिक नियुक्तिहरु खारेज गर्ने।
१०. समाजवादउन्मुख संविधानको मर्म र भावना मुताविकका काम गर्ने।
मलाई आशा छ, यसमाथि तपाईले अवश्य पनि गम्भीर विचारका साथ मनन् गर्नुहुनेछ। अतित सबैका लागि प्यारो र सुखद हुन्छ। झन बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन जान्छ। यसैले हामीमा आफ्नो साध्य र साधनले भ्याएसम्म सार्थक इतिहास निमार्णमा कुन्दित हुनुपर्दछ। यसका लागि यहाँको सरकार दृढ संकल्पका साथ लाग्ने छ।
अन्त्यमा यहाँको कार्यकाल थप सफल र सहज होस्। निरंकुशताको अन्त्यका लागि यहाँ माथि गरिएको विश्वासले सार्थकता पावस्। सवल लोकतन्त्रका लागि सवल नेतृत्व यहाँको रहन सखोस्। सक्तिसन्तुलनका हिसावले यहाँको कार्यकाल थप सहज र सफल होस्।
राजनीतिक र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आझ नेपाली राजनीतिमा आइसकेको छ। अतिवादको अन्त्य सँगै आझ देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टिले नै नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ। यो हामि माथिको विश्वास हो। यसलाई जिवन्त राख्न सम्माननीय प्रधानमन्त्री ज्यू सफल हुनुहुनेछ भन्दै कलम बन्द गर्दछु।
जय नेपाल
उही तपाईको कार्यकर्ता
प्रकाश तिरुवा
बाजुरा ।