पु.समाचार

एमाले नेता, कार्यकर्ताको ब्यापक आग्रहमा संसदबाट दिएको राजीनामा फिर्ता लिएको छुः भीम रावल

भीम रावल

८ साउन, काठमाडौं । स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको भएपनि राजीनामा फिर्ता लिएको बताएका छन् ।
उनले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको सामाजिक संञ्जालमार्फत जानकारी दिएका छन् ।
नेता रावलले नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने दिन प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका थिए ।
नेता रावलको ट्वीटः स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।

सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।