सामाजिक सञ्जाल

पार्टीका कुनैपनि बैठक बालुवाटारमा नगर्ने काँग्रेसको निर्णयको नेता गुरुगंलगायत सर्बसाधारणले गरे प्रशंसा

८ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेपाली काँग्रेसले प्रधानमन्त्री निवास बालुवाटारलाई पार्टीका बैठकस्थल नबनाउने भनी गरेको निर्णयको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै उक्त प्रशंसा गरेका हुन् ।
नेता गुरुगंले कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नराख्ने निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री निवास बालुवाटारलाई पार्टी प्यालेस जस्तै बनाएर खाजाको नाममा राज्यकोषबाट करोडौं खान पल्केकाहरुलाई कांग्रेसको यो निर्णय पाच्य नहुन सक्छ भन्ने तर्क पनि गरेका छन् ।
नेता गुरुगंले उक्त पार्टीका बैठकहरु बालुवाटारमा नराख्ने काँग्रेस निर्णयलाई विषय सामन्य तर निर्णय ओ जनदार१ भएको टिप्पणी नेता गुरुगंको छ । काँग्रेस नेता धनराज गुरुगं, गगन थापालगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्न सचेत गराएकामात्र थिएनन् नागरीक समाजलेसमेत उक्त निर्णय गर्न बिज्ञप्ती नै प्रकाशित गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका थिए । पार्टी बैठक बालुवाटारमा नराखने काँग्रेस निर्णयले सबृसाधारणको मन काँग्रेसले जितेको सबृसाधारणलेसमेत प्रतिकृया दिएकाछन् ।
नेता गुरुगंको ट्वीटः कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नराख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारलाई पार्टी प्यालेस जस्तै बनाएर खाजाको नाममा राज्यकोषबाट करोडौं खान पल्केकाहरुलाई कांग्रेसको यो निर्णय पाच्य नहुन सक्छ।
विषय सामन्य तर निर्णय ओ जनदार! जय नेपाल!