सामाजिक सञ्जाल

धनराजको आग्रहः कांग्रेस सरकारले भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन सुरु गरी विपीको अनुयायी बनोस्

६ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले कांग्रेस सरकारले भ्रष्टाचारका ठुला काण्डहरुको छानबिनको सुरुवात गरेर विपी स्मृति दिवस मनाऔं। विपीको अनुयायी बनौं भनेका छन् ।
आज नेपाली काँग्रेसका संस्थापक नेता एबम् माहामानव बिपी कोईरालाको स्मृति दिवशका अवशरमा ट्वीट गर्दै २०१६ सालमा तत्कालीन राजा महेन्द्रले गणेशमानमाथि भ्रष्टाचारको आरोप लगाए। प्रधानमन्त्री विपीले राजाकै मान्छेलाई छानबिन गर्न खटाए। तर भ्रष्टाचार गरेको रहेनछ।
ट्वीटः
विपी स्मृति दिवस!
२०१६ सालमा तत्कालीन राजा महेन्द्रले गणेशमानमाथि भ्रष्टाचारको आरोप लगाए। प्रधानमन्त्री विपीले राजाकै मान्छेलाई छानबिन गर्न खटाए। तर भ्रष्टाचार गरेको रहेनछ।
कांग्रेस सरकारले भ्रष्टाचारका ठुला काण्डहरुको छानबिनको सुरुवात गरेर विपी स्मृति दिवस मनाऔं। विपीको अनुयायी बनौं।