राजनीति

महन्थ-राजेन्द्रको जता काफल पाक्यो उतै चरी नाच्यो जस्ता अवसरबादी चरित्र राम्रो हो र ?- खगेन्द्रको प्रश्न

४ साउन, काठमाडौं । बुद्धिजिवी तथा लेखक खगेन्द्र संग्रौलाले महन्थ ठाकुर राजेन्द्र महतो पक्षको जसपाको जता काफल पाक्यो उतै चरी नाच्यो भन्ने कहावतलाई चरितार्थ गरेको कुरालाई चाहिँ कसरी राम्रो मानिएला र ? भनेर प्रश्न गरेका छन् ।
संग्रौलाले ट्वीट गर्दै जसपाको महन्थ समूहले भष्मासुर ओली प्रवृत्तिको गिध्द दृष्टिबाट संसदलाई जोगाउन शेरबहादुर देउवालाई विश्वासको मत दिएको कुरोलाई त राम्रै मान्नुपर्ला भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले पुनः पछिल्लो समय द्वेद चरित्र देखाउनु ठीक हो त भनेर प्रश्न गरेका हुन् ।
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत दिँदा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्षको जनता समाजबादीसहित जसपा महन्थ ठाकुरले पनि बिस्वासको मत दिएपछि संग्रौलाले उक्त प्रतिकृया दिएका हुन् ।

संग्रौलाको ट्वीट: जसपाको महन्थ समूहले भष्मासुर ओली प्रवृत्तिको गिध्द दृष्टिबाट संसदलाई जोगाउन शेबदेलाई विश्वासको मत दिएको कुरोलाई त राम्रै मान्नुपर्ला। तर महन्थ समूहको पिपलपाते चरित्रले जता काफल पाक्यो उतै चरी नाच्यो भन्ने कहावतलाई चरितार्थ गरेको कुरालाई चाहिँ कसरी राम्रो मानिएला र ?