राजनीति

२३ जना निवेदककर्ताले देउवालाई बिश्वासको मतका लागि भोट हाल्नु हाम्रो कर्तव्य होः नेतृ झाँक्री

३ साउन, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले काँग्र्स सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवालाई बिश्वासको मत दिनु २३ जना साासदको कर्तब्य भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस्े लेख्दै उक्त कुरा बताएकी हुन् ।
उनले भनेकी छन्, ‘हामीले ७६९५० को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’