राजनीति

कांग्रेसले आफ्नो बिगत सुधारेन भने अन्तिम बिकल्प समेत असाध्यै खराव हुनेछः गुरुराज घिमिरे

३ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसले आफ्नो बिगत सुधार्नै पर्छ, अन्यथा अन्तिम बिकल्प समेत अध्यैसा खराव हुनेछ भन्ने भबिष्यबाणी गरेका छन् । उनले ट्वीट गर्दै कम्युनिस्टहरु दुनियाँमा सबैभन्दा खराब हुन्। तर लोकतन्त्रवादीहरुले त्यसलाई व्यवहारले प्रमाणित गर्नुपर्छ भन्ने ठोकुवा गरेका छन् । नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्षसमेत रहेका नेपाली काँग्रेसका शसक्त युवा नेता घिमिरेले आफैंले र आफ्नो व्यवहारले सिद्ध नगरीकन लोकतन्त्रवादी भन्न पाईदैन भन्ने मार्मिक विचार राखेका छन् ।
नेता घिमिरेको ट्वीटः कम्युनिस्टहरु दुनियाँमा सबैभन्दा खराब हुन्। तर लोकतन्त्रवादीहरुले त्यसलाई व्यवहारले प्रमाणित गर्नुपर्छ। आफैंले र आफ्नो व्यवहारले सिद्ध नगरीकन लोकतन्त्रवादी भन्न पाईदैन। कांग्रेसले आफ्नो बिगत  सुधार्नै पर्छ! अन्यथा अन्तिम बिकल्प समेत अध्यैसा खराव हुनेछ !