राजनीति

गोकुल बाँस्कोटाको चुनौतीः नेपाल पक्ष एमालेमा आउँदैनन भने नआउन्, पछि बामदेबको जस्तै हाल हुन्छ

२ साउन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले दशबुंदे अनुमोदन हुदा पनि कोही आउदैनन भने नआउन् भनेर माधव कुमार नेपाल पक्षलाई चुनौती दिएका छन् । उनले नेकपा एमाले फुटाएर गएका बामदेब गौतम फेरि एमालेमा फर्किएको स्मरण गराउँदै माधव नेपाल पक्ष चोईटिएर गए उनीहरुको हालत पनि बामदेबजस्तै हुने ठोकुवा पनि साँकेतिक रुपमा गरेका छन् ।
पुर्व सञ्चारमन्त्रीसमेत रहेका नेता बाँस्कोटाले बामदेबसँगसंगै मोहन बैद्य र राप्रपाको फुट र पछिको मिलनको उदाहरणसमेत जोडेका छन् । नेता बाँस्कोटाले नेपाली काँग्रेसका सभापति एबम् बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस फुटाएर प्रजातान्त्रीक काँग्रेस बनाएर फर्किएकोपनि बताउन छाडेका छैनन् ।

गोकुल बाँस्कोटाको ट्वीटः फैसलाले एमाले सक्किने भए ०५२ मै सक्या हुन्थ्यो। यो राजनीति हो। कोही चोईटिएर पनि सकिदैन। देउवाले कांग्रेस फुटाए पार्टी चलेन मुल पार्टीमै फर्किए, बामदेवको त्यही कथा दोहोरिएकै हो, बैद्यको करिब उस्तै भो। राप्रपामा पनि पटक पटक सोही कुरा भएकै छ। दशबुंदे अनुमोदन हुदा पनि कोही आउदैनन भने नआउन् ।