राजनीति

नेता गुरुङको मागः बलात्कार गर्ने नरपशुहरुलाई कडा कारबाही होस्

१, साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बलात्कार गर्ने नरपशुहरुलाई कडा कारबाही होस् भन्ने माग गरेका छन् ।
नेता गुरुङले यसमा जहाजमा यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने झैं लामो दुरीको गाडी चलाउन नदिने शासकहरु पनि जिम्मेवार हुन् भन्न्े कुरा पसिसन यसमा जोडेका छन् ।
नेता गुरुङले रुकुमकी एक महिला २ बर्षे दुधे बालक साथमा लिएर काठमाडौंबाट जिल्ला जाने क्रममा ट्रकमै बलात्कारमा परेको घटनालाई जोड्दै बलात्कारीलाई कडा कारबाही गर्न माग गरेकमा हुन् ।
उनको ट्वीटः रुकुमकी एक महिला २ बर्षे दुधे बालक साथमा लिएर काठमाडौंबाट जिल्ला जाने क्रममा ट्रकमै बलात्कारमा परिन्। बलात्कार गर्ने नरपशुहरुलाई कडा कारबाही होस्।
जहाजमा यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने झैं लामो दुरीको गाडी चलाउन नदिने शासकहरु पनि जिम्मेवार हुन्।