खेलकुद

इटलीले हरायो इङ्लेण्डलाई ३–२ गोलको अन्तरले, जित्यो युरो कपको उपाधी

२७ असार, काठमाडौँ । लण्डनको वेम्वली स्टेडियममा भएको इङ्ल्याण्ड र इटलीबीटको खेलमा इटलीले इङ्लेण्डलाई ३–२ ले पराजीत गरेको छ ।
१–१ को बराबरी भएपछि पेनाल्टीमा इटलीले सोमबारको खेलमा इङ्लेण्डलाई जितेको हो ।
बिश्वभरका फुटबल प्रेमीहरु आफ्नो समर्थन गरेकोको पक्षमा चाख लिएर हेरिरहेको अवस्थामा अन्ततः इटलीले जित हात पार्न सफल भएको हो ।
इटली यससंगसंगै २०२० युरो कपको बिजेता बन्न सफल भएको छ । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । इटलीले यसअघिपनि युरोकपको फाईनल खेलेको थियो ।