प्रदेश 1

प्रदेशको समृद्धि, निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिसँग भेटघाटलाई कामाडौं सम्पर्क कार्यालयः मुख्यमन्त्री राई

२५ असार, बिराटनगर। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौँमा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिसँग भेटघाटका लागि रहेको बताएका छन् ।

प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको २१औँ बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८९७० बोजिम आव २०७८/७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट कार्यक्रममा उनले सङ्घीय सरकारले काठमाडौँमा मुख्यमन्त्रीको लागि निवासको व्यवस्था गरेको गरेकाले सम्पर्क कार्यालय निवास नभएको प्रष्ट पारे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना महामारीको दुवै लहरमा नागरिकको स्वास्थ्य उपचारमा सचेत रहँदै निःशुल्क सेवा उपलब्ध गराएको बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोजगारी र आर्थिक उत्पादकत्व वृद्धि गर्न सुरक्षाका लागि प्रहरीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै जनताले शान्ति सुरक्षाको अनुभूति नगरेसम्म विकासले फड्को नमार्ने जानकारी दिए । उनले एकद्वार प्रणालीअनुसार कानून एवं कार्यविधिको मापदण्डअनुसार विपद् राहत, पुनःस्र्थापना कार्य भैरहेको बताउँदै कहीकेही कमजोरी भए पनि पक्षपातपूर्ण व्यवहार नभएको उनले बताए ।

विनियोजन विधेयक छलफलमा जयराम यादव, धीरेन्द्र शर्मा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई र लिला सुब्बाले मुख्यमन्त्री कार्यालय, आन्तरिक मन्त्रालय र आर्थिक मन्त्रालयका काम कारवाही, बजेट आदि विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सभामुख भण्डारीले बताए ।

कोभिड अस्पतालले जनताको मन जितेको छ

प्रदेश–१ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले निःशुल्क र विश्वासिलो सेवाको कारण जनताको मन जित्न सफल भएको बताएका छन् । उनले कोभिड अस्पतालको आज अनुगमन गर्दै निजी अस्पतालभन्दा उच्चस्तरको सेवा सुविधा सेवा दिइरहेकाले जनतामा अस्पतालप्रति उच्च विश्वास रहेको बताए ।

अस्पतालमा ९६ वटा वेड रहेकामा आज ४१ उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल बेडमा आठ, एचडियुमा १५ र आइसीयुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको छ ।