समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको निधन, २२ सय ३९ जना थपीए संक्रमीत

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको निधन भएको छ । यसै समयमा २२ सय ३९ जना कोरोना संक्रमितहरु थपीएका छन् ।

११ हजार ३३१३ जनामा परीक्षण गर्दा उक्त संक्रमित भेटिएका छन्। अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा ९३ सय ४० जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।