विचार/ब्लग

जातिय विभेदको कुरीतीलाइ जरैबाट ओखल्नु पर्छ

कल्पना बिष्ट/कुरा म कक्षा ७ तिर पढ्दाको हो । मेरो कक्षामा एउटा नँया साथी आई। उसको नाम सुनिता थियो । उ सारै मिलनसार र मिठो बोली भएकी थिई । म उसँग बस्दा निकै रमाउथेँ । उसले मलाइ नआएका कक्षाकार्यहरु गर्न पनि सिकाउथी र उ दलित जातकी थिइ । मैले सानै देखी दलितहरु माथी भएको भेदभाव देख्दै आएकी थिएं। मेरो हजुरआमाले त्यो हाम्रो लुगा सिलाउने अंकललाई घरमा भित्र छिर्न दिनुहुदैनथ्यो वहाँलाइ चिया पिउन दिइयो भने पनि उहाँले आफ्नो गिलास आफैं माझेर बाहिर घाममा सुकाउनु हुन्थ्यो । अनि आमाले त्यो गिलासलाइ सुनपानी हालेर भित्र हुल्नु हुन्थ्यो । कहिलेकाँहि ती अंकलका साथमा अर्की एउटी म भन्दा अलि सानी केटी वहाँकी छोरी पनि साथ लागेर आएकी हुन्थी, अनि म उसँग खेलौकी भनेर सोच्थे र म आमासँग अनुमति लिन जान्थे, आमा म उसलाइ मेरो कोठामा ल्याएर सँगै एकछिन भाँडाकुटि खेलौँ भनेर तर आमाले हुदैन भन्नुहुन्थ्यो। अनि मैले जिद्धि गर्न थाले भने भन्नुहुन्थ्यो उनहिरुलाई घर भित्र छिर्न दिइयो भने घर बिटुलो हुन्छ रे । म छक्क पर्थें त्यही अकंलले सिलाएका लुगालाई फेरी आमाले चोखो लुगा भन्दै बर्तको दिन लगाउनु हुन्थ्यो । अर्को अकंलले बनाउनु भएको सुनपानि हाल्नुहुन्थ्यो । फेरी ति अंकललाई पनि घरमा छिर्न दिदैन्थ्यो । ती अकंलले खाजा खाए भने उसको भाँडा पनि सुनपानी हालेर भित्र हुल्नुहुन्थ्यो । मेरो सानो मानसपटलमा खुब कौतुहलता चल्थ्यो । त्यही व्यत्तिले सिलाएको लुगा चोखो त्यहि व्यत्तिले बानाएको सुन चोखो, मान्छे चाही बिटुलो यो कस्तो खालको नियम हो भनेर । बेलाबेलामा म आफ्नो आमासँग प्रस्न गर्थें, यस्तो के हो भनेररु उहाँ भन्नहुनथ्यो, यो हाम्रो पहिले देखी चलेको चलन हो । अनि म सोध्थे यो कस्ले बनाएको चलन भनेर अनि आमा झर्किन थाल्नुहुन्थ्यो । धेरे नकरा चुपो लागेर खेल्न जा भनेर । जब आज मैले यो नयाँ साथी देखें, मेरो दिमागमा ती सबै कुराहरु झन् गाडा भएर चल्न थाले। मै ले जहिले पनि हजुरआमालाई सोध्दा उहाले भन्नुहुन्थ्यो ती तल्ला जातकाहरु राम्रा हुदैन्न् , तिनीहरुलाई हाम्रो घरमा छिर्न दियो भने लच्छिन हुदैन ठुलो पाप लाग्छ भन्नुहुन्थ्यो । यी सब कुराहरु दिमागमा आइरहन्थ्यो जब म ती मिलनसार साथिसँग हुन्थें । म र ती साथी एकदम मिल्न थालिसकेका थियौं । बेला बेलामा म उसको आमाले पकाएर पठाउनु भाको खाजा पनि खान्थे । अनि खाने बेलामा हजुरआमाको अनुहार याद आउथ्यो किनकी हजुरआमाले भन्ने गर्नुहुन्थ्यो नी उनीहरुले छोएको खान हुदैन भनेर । कहिले काहि त ला साँच्चै पापै पो लाग्ला की भनेर डराउथें पनि ।
एकपटक हाम्रो घरमा ठूलो पुजा लगाइयो । सबै जना पुजाको तयारीमा लागे । अनि हजुरआमाले पुजाको अन्तिम दिनमा पन्चकन्या पुजा गर्ने भन्नुभयो । अनि वंहाले म बाहेक अरु चार जना साथीहरुलाईा विद्यालयबाट आधा दिन बिदा मिलाएर ल्याउन मलाइ अह्राउनु भयो । अनि मेरो दिमागमा एउटा उपाय आयो । मैले सोचेँ अब यहि नै हो मौका आफ्नो कौतुहलता मेटाउने भनेर अनि मैल मेरो अन्य ३ साथी सहित मेरी ती दलित साथीलाइ नै घर लगें । साथी अर्को गाउँकी भएकीले हजुरआमाले चिन्नु भएन । म लगायत हामी सबैजनालाई पुजा गर्नुभयो, टिकाटाला गरेर दक्षिणा दिनुभयो, प्रसाद खानदिनु भयो। हामी सबैलाइ देवि मानेर गोडा ढोक्नु भयो । मलाइ साहै खुसी लाग्यो तर भित्र-भित्र डर पनि के मैले ठिक त गरे भनेर । त्यो दिन राम्रो बित्यो पुजा पनि सफल भयो । हजुरआमा पनि एकदम खुसी हुनुहुन्थ्यो , पुजा सफल भएकोमा, पुजामा केही बिग्न नआएकोमा आमा अहिले पनि भन्नुहुन्छ त्यो पुजा लगाएपछि, हाम्रो धेरै कामहरु बने । हाम्रो प्रगति भयो भनेर, आजपनि त्यो पुजा सफल भएको कुरा सुनाउनुहुन्छ ।
हो, त्यसदिनबाट मेरा सारा कौतुहलताहरु मेटिए । यी जातभातका विवेद त केवल मानिसले जन्माएका कुरिती र कुसस्कार भनेर बुझे । पहिले पहिले जस्तो डर लागेन। यदि तल्लो जात भनेर उनीहरुलाइ संज्ञा दिएर उनीहरुलो छुदैमा कुभलो हुने विटुलो हुने भए ती साथी आएर उसलाइ सम्मान गरेर गरेको पुजाले कसरी हाम्रो परिवारको उन्नती प्रगति हुन्थो होला त यो समाजमा आफुलाइ ठूला देखाउनका लागी अस्लाइ होच्याउनका लागी बनाइएको कुख्यात चाल जस्तो लाग्यो मलाइ यो जातभातको खेल । नत्र भगवान भनौ वा प्रकृतिले केही विभेद गरेको पाइएको छैन । हामी सबैको रगत रातै छ सबैको शाररिक बनावट पनि उस्तै छ । यदी फरक नै हुन्थ्यो भने त प्राकृतिक र साररिक रुपमा पनि त फरक हुनुपर्ने होइन र रुमानीसले मानीसलाइ किन विवेद गरिराखेको छ ?
मानीस त उसले जन्मदै बोकेर आएको जातले भन्दा पनि उसले जिवन कालमा गरेको कामले पो ठूलो हुन्छ । कुकर्म गर्ने निच पापी त जुनै जातको भएपनि त ठूलो हुन सक्दैन तसर्थ जातिय विभेदको कुरीतीलाइ जरैबाट ओखल्नु पर्छ । सबैभन्दा अच्चमको कुरा त अहिले यो २१ औ सताब्दीमा पनि बेलाबखतमा यी जातिय विभेदका कुराहरुले चर्चा, परिचर्चा पाँउछ । यो साना जाति, उ ठूला जाति भनेर वादविवाद भइरहेको पाइन्छ । ठूला जाति भएर उसले मलाइ हेप्यो अथवा यो साना जातिले मलाइ आरोप लगायो भनेर विवाद गरिरहनु भन्दा यो जातभातको भेदभावलाइ नै अन्त्य गरेर हामी सबै मानव जात हौ र मानविय व्यवहार गर्नुपर्छ भन्ने बुझेर अघि बढे संसार कति सुन्दर हुन्थ्यो होला ।