सुदूरपश्चिम

काँग्रेस युवा नेता महरद्वारा २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

१६ असार, डडेलधुरा । नेपाली कांग्रेसका युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण वढीरहेकै बेला नेता महरले सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर, सिलिण्डार, मास्क, ग्लोभ्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटरजस्ता सामग्री हस्तान्तण गरेका हुन् । सो सहयोगले कोरोना महामारीको चपेटामा परेका बिरामीलाई राहत पुग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । कांग्रेस युवा नेता महरले सुदूरपश्चिमकै ठूलो उक्त अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । विभिन्न संस्था र साथीको सहयोगमा सामग्री जुटाइएको महरले बताए ।