आर्थिक

अपरिचित व्यक्तिलाई बैंक खाता नदिन बैंकर्स संघको आग्रह

१६ असार, काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले विवरण मागेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।