राजनीति

प्रधानमन्त्रीको आक्रोशः कोही नपाएर माधव नेपाललाई प्रधानमन्त्रीमा अफुर गर्छु? कुकुरले टोकेको छ?

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल माओबादीका अध्यक्ष पुष्पकमल दहालका पुच्छर भएको बताएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीका अवशरमा आयोजीत प्रधानमन्त्री निवास बालुवाटारको कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई माधव नेपाललाई प्रधानमन्त्रीमा अफर गर्न बौलाहा कुकुरले टोकेको छ र ? भन्ने प्रश्न गरेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मँ ओली भन्छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’
केहीदिन अगाडी नेकपा एमलेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्रीमा अफर आएको दाबी गर्दै उक्त कुराको पछाडी नलागी प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नै हस्ताक्षर गरेको सहमतीलाई सहयोगमा रहिरहने बताए । प्रधानमन्त्रीको बिरोधमा उत्रिएका काँग्रेस सभापति देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँगै नेता नेपालले पनि केपी ओलीले गरेको संसद बिघटनलगायतको बिरोध गरेका थिए ।