समाचार

डा आचार्यसहित २९ जनाले संसद बिघटनलाई असंबैधानिक भन्दै सर्बोच्चमा गर्दैछन् बहस्

११ असार, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको सिफारिसमा गरिएको संसद बिघटनको बिरुद्धको निबेदनमा आज २९ जनाको बहस हुने भएकाे छ । आज सर्बोच्च अदालतमा डा भीमार्जुन आचार्य, कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेल, मुक्ति प्रधान, बाबुराम कुँवर, टीकाराम भट्टराईलगायत रहेका छन् ।
संसद बिघटन मुद्धाको सुनुवाई गर्न चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संबैधानिक इजलास गठन गरिएको अनुसार बुधबारबाट बहस शुरु भएको छ ।
बहस सकिएपछि राष्ट्रपतिले गरेको संसद बिघटनको बषियमा सर्बोच्च अदालतले फैसला सुनाउने छ । सरकारको पुनः गठन वा बिस्तारलाई असंबैधानिक ठहर गरेको अदालतले यसपटक पनि बिबेकपूर्ण निर्णय लिने अनुमान बिशेषज्ञहरुले लगाएका छन् ।