साहित्य

बाल्यकाल

-डा सुरेन्द्र सिटौला                                                                       -कविता
बाल्यकालमा
म भित्र म थिइन
म भित्र उ थियो
अहिले म भित्र मै छु
तर उ छैन
म भित्र
गडबड छ आज भोलि
अहिले म त्यो होइन
जो पहिले म थिए
अहिले म जो छु
त्यो पहिलेको म होइन
त्यसबेला म सग
ब्रह्मानन्द भाडाकुटी खेल्दै रमाउथ्यो
म भित्र
परमानन्दले गीत गाउथ्यो
आनन्द म सग मीत लाउथ्यो
धरती मेरै प्रसंशाको गीत गाउथ्यो
चराचर मै सग रमाउथ्यो
निष्कलन्क चेतनाले
खुसीको साम्राज्य जमाउथ्यो
बाल्यकालमा
म सम्राट थिए
सम्पुर्ण अधिराज्यको
अहिले गुलाम भएको छु
आफ्नै साम्राज्यको
त्यसबेला आमा सग शहर घुम्दा
शहरको बजार आफ्नो हुन्थ्यो
सानो खेलाउना पाउँदा
खुसीले आत्मिय आकाश छुन्थ्यो
धरती मेरा लागी
सुन्दर फुलबारी हुन्थ्यो
खुसीको प्रवेगले
बिरहको आवेग थुन्थ्यो
त्याहा जन्मदाको आहत
अनि
मृत्युको कोलाहल थिएन
बैँस र उमेरको
हिसाबकिताब थिएन
अन्तहिन आनन्दको साम्राज्यमा
उ थियो म थिइन
उसले मलाई खेलाउथ्यो
उ सग मेरो म रमाउथ्यो
अबोध आनन्दमा मेरो म
चराचर सगै गीत गाउथ्यो
कल्पना गर्छु
कस्तो हुदो हो जीवन
यदि म भित्र
फेरि मेरो बाल्यकाल आउथ्यो !
अनि मेरो म
मै बाट हराउथ्यो !!