समाचार

सरुवापछि डिआईजी धानुक भन्छन्ः कोरोनाकालमा जनता सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रहेँ

९ असार, काठमाडौं । नेपाल प्रहरीका डिआईजी रबिन्द्र धानुकले आफू सरुवा भएपछि पेचिलो स्टाटस् र तस्विर आफ्नो फेसबुकमा लेखेका छन् । उनले राज्यको कानून कार्यान्वयनकर्ताको रुपमा आमजनतामा शान्ति सुरक्षा र न्यायको अनुभूति दिलाउनु प्रहरीको मुख्य जिम्मेवारी भएको बताउँदै करिव चौध महिनाको कार्यकाल खासगरी कोरोना महामारीमा ँचयलत ीष्लभच को रुपमा परिचालित भई आमजनजीवनलाई सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रहेको दाबी गरेका छन् ।
डीआईजी धानुकले लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई जांदै गर्दाको यस घडिमा संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक सक्षमताका साथ निर्बाह गर्न सहयोग र सहकार्य गर्ने सम्पुर्ण सहकर्मी प्रहरी अधिकृत तथा जवान साथीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अन्य सरोकार निकाय तथा संघसंस्था, संचारकर्मी मित्रहरु एवम् प्रदेशवासी आमजनताको सहयोग र सुभेच्छाका लागी हार्दिक आभार एवम् धन्यवाद दिएका छन् ।
उनले कोरोना संक्रमणको माहामारी कालमासमेत आम जनताको जीवन रक्षाको खातिर सेवा भावनाका साथ दत्तचित्त र तल्लिन रहन पाउंदा गर्व लागेको बताएका छन् । काठमाडौं सूवा भएका डिाईजी धानुक नेपाल सरकार, गृह मन्त्रालय, संगठन प्रमुख एवम् लुम्बिनी प्रदेश सरकार प्रति लुम्बिनी प्रदेश प्रहरी प्रमुखको चुनौतिपूर्ण अभिभारा सफलतापुर्वक पुरा गर्न गरेको मार्गदर्शन एवम् अभिभावकत्व प्रति समेत अनुगृहीत भएको बताउँदै प्रहरी सेवाको दौरानमा आगामी दिनमा पनि यस्तै सहयोग र सुभेच्छाको अपेक्षा राखेको बिचार ब्यक्त गर्छन् । गृहमन्त्रालयले डिआईजी र एसएसपीहरुको सुरुवा गरेपछि अहिले प्रहरी प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ । 

डिआईजी धानुकको मनछुने स्टाट्सः

हार्दिक आभार एवम् धन्यवाद ज्ञापन

राज्यको कानून कार्यान्वयनकर्ताको रुपमा आमजनतामा शान्ति सुरक्षा र न्यायको अनुभूति दिलाउनु प्रहरीको मुख्य जिम्मेवारी हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुखको हैसियतले मेरो नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीका सम्पुर्ण प्रयासहरु यसैमा केन्द्रित छन् भन्ने मलाई लाग्छ। करिव चौध महिनाको कार्यकाल खासगरी कोरोना महामारीमा ँचयलत ीष्लभच को रुपमा परिचालित भई आमजनजीवनलाई सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रह्यो। यस क्रममा आम जनताको जीवन रक्षाको खातिर सेवा भावनाका साथ दत्तचित्त र तल्लिन रहन पाउंदा गर्व लागेको छ।
आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई जांदै गर्दाको यस घडिमा संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक सक्षमताका साथ निर्बाह गर्न सहयोग र सहकार्य गर्ने सम्पुर्ण सहकर्मी प्रहरी अधिकृत तथा जवान साथीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अन्य सरोकार निकाय तथा संघसंस्था, संचारकर्मी मित्रहरु एवम् प्रदेशवासी आमजनताको सहयोग र सुभेच्छाका लागी हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस अवसरमा नेपाल सरकार, गृह मन्त्रालय, संगठन प्रमुख एवम् लुम्बिनी प्रदेश सरकार प्रति लुम्बिनी प्रदेश प्रहरी प्रमुखको चुनौतिपूर्ण अभिभारा सफलतापुर्वक पुरा गर्न गरेको मार्गदर्शन एवम् अभिभावकत्व प्रति समेत अनुगृहीत भएको छु। प्रहरी सेवाको दौरानमा आगामी दिनमा पनि यस्तै सहयोग र सुभेच्छाको अपेक्षा राखेको छु।
धन्यवाद, जयनेपाल।
मितिः २०७८ जेष्ठ ०९ गते ।