राजनीति

देशभरका तरुणहरुलाई बाढीपहिरो पीडितको उद्दार/राहत/मानवीय कार्यमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

२ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले ७७ वटै जिल्लाका सभापतिहरुलाई परिपत्र गरेका छन् । उनले अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केहि दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा हामीले ठुलो जनधनको क्षेति व्यहोरीसकेको भन्दै उद्दार तथा राहत अनि मानवीय कार्यमा सकृय रहन निर्देशनात्मक परिपत्र गरेका हुन् ।
अध्यक्ष बस्नेतले भनेका छन्, ‘जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।’
उनले परिपत्र गर्दै थपेका छन्, ‘यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ’
अध्यक्ष बस्नेतले जारी गरेको बिज्ञप्तीः
श्री अध्यक्ष जी,
नेपाल तरुण दल
सबै जिल्ला समितिहरु

विषय : परिपत्र

अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केहि दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा हामीले ठुलो जनधनको क्षेति व्यहोरीसकेका छौं । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ । साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।
जय नेपाल ।