राजनीति

ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्नेमाथी छानवीन गरि दोषीमाथि कडा कारबाही गरियोस्ः नेताद्वय

३० जेठ, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माँ र केन्द्रीय सदस्य धनराज गुरुगंले भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथी आग्रमणा गर्नेलाई कारबाही गर्न माग गरेका छन् । युवानेताद्वय शर्मा र गुरुगंले ट्वीट गर्दै उक्त घटनाको बिरोध गरेका हुन् । शाहीलाई अभियानकै क्रममा कुटपीट गरेको र घाइते भएपछि अस्पताल भर्ना भएको समाचारपछि सामाजिक सञ्जालमा उक्त घटनाको सर्बसाधारणले बिरोध जनाईरहेका छन् ।
शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले आफुलाई आक्रमण गरेको सार्बजनिक प्रतिकृया सदएका छन् ।
नेता गुरुगंले यसो भनेका छन्, ‘सुर्खेतमा ज्ञानेन्द्र शाही लगायतका युवाहरुमाथि गरिएको संघातिक हमला निन्दनीय छ।
घट्नाको निस्पक्ष छानवीन गरि दोषीमाथि कडा कारबाही गरियोस्।
भौतिक आक्रमणबाट विचारलाई कहिल्यै पराजित गर्न सक्दैन।’
प्रवक्ता शर्माको प्रतिकृयाः कसैको विचार या कर्मसंग तपाईं असहमत हुन पाउनुहुन्छ । तर असहमतिको नाममा भौतिक आक्रमणको छुट न कानुनले दिन्छ न लोकतान्त्रिक चेतले ।

ज्ञानेन्द्र शाहि लगायतका युवामाथि सुर्खेतमा भएको आक्रमण निन्दनीय छ । दोषी जो हुन् तिनलाई कार्वाही गरेर यस्तो प्रवृत्ति निरुत्साहित गर्न जरुरी छ ।