प्रवास

प्रवासी नेपाली एकता मञ्च सेतुवालको अध्यक्षमा खड्का

नेकपा (एमाले) प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल क्षेत्रीय कमिटी सेतुवालको अध्यक्षमा नवीन खड्का निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षमा क्रमशः अनिल कोइराला, कमला मगर र रमेश रिमाल, महासचिवमा मनोहर रेग्मी, सचिवमा सुदिप अधिकारी, विनय बराल र उमेश्वर भण्डारी, पुष्कर चौलागाईलाई कोषाध्यक्षमा र सहकोषाध्यक्षमा खगराज जिरेल चयन भएका छन ।
यसैबीच भेलाले निराजन गिरी, चिरञ्जीवि भट्टराई, सुदीप विक, सुदर्शन लामिछाने, सुरज सपकोटा, कमल भण्डारी, मनमाया थापा, बृन्दा कार्की, अनुप पौडेल, नवीन रिजाल, सविना अधिकारी, विजय बस्नेत, सुदर्शन भट्टराई, जगत थापा र सुदीप महर्जनलाई सदस्यमा चयन गरेको छ । यस्तै नवगठित कार्यसमितिको प्रमुख सल्लाहकारमा शक्ति भट्टराई रहेका छन् ।
भेलामा उपस्थित जेष्ठ सदस्य शक्ति भट्टराईको अध्यक्षतामा सम्पन्न भएको भेलालाई उद्घाटन गर्दै, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बुले प्रवास नेपाली बीचमा भाइचाराको भावनाको विकास गर्दै एकापसमा आवश्यक परेको बेला सहयोग गर्दै समाजमा सकारात्मक सन्देश फैलाउन समस्यामा परेका नेपाली समुदायको समस्या समाधान गर्न भूमिका खेल्ने उद्देश्यले क्षेत्रीय मञ्च गठन गर्नु परेको बताए।
कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख अमृत रिजालले प्रवासमा कर्मथलो बनाउादै आएपनि नेपाल रहँदा (एमाले)को विचारबाट टाढा हुन नसकेको भनै एकजुट भएको बताए । उनले पोर्चुगलका विभिन्न जिल्ला क्षेत्रीय समिति बनाउने योजना रहेको जानकारी दिए । पोर्चुगिस कम्युनिस्ट पार्टी सेतुवालका प्रतिनिधि नुनु भाल्देजले नेपाली समुदाय इमान्दार रहेका छन् भन्दै कानूनी झन्झटलाई सहजीकरण गर्न आफ्नो ठाउँबाट भूमिका रहने बताए ।