विचार/ब्लग

यसरी बन्न सकिन्छ कोरोना बिरुद्ध लडेर हिरो

कल्पना बिष्ट । Covid-19 को यो महामारीले सारा बिस्व नै आक्रान्त पारेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा पनि दिनहूँ हजारौ व्यक्ति संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या नि बढ्दो छ । हुनेखानेको त जीविकापर्जन चलिरहेको छ तर दिनहुँँ ज्याला मजदुरी गर्ने अर्थात गरिखाने र हुँदा खानेको अवस्था निकै नै नाजुक हुँदै गैरहेको छ । तर पनि यस परिस्थितिसँग जुध्दै आगाडी बढ्नु छ, कोरोना विरुद्धको लडाइ जित्नु छ । ज्यान रहे त धन फेरी नि कमाइएला नि । तसर्थ यस परिस्थितिसंग लड्नको लागि हामी हिरो हुन जरुरी छ ।
Hero अर्थात नायक हामीले सानोबेला देखि नै विभिन्न हिरोहरु हेर्दै हुर्किंयौं । हिरो भन्ने बितिकै एकदम बलवान र खलनायकहरुको नास गर्ने, आपत विपतमा सबैलाई बचाउने व्यक्ति भन्दै बुझ्दै आयौं । हुर्किदै जाँदा हिरोको बिस्तृत रूपहरु थाहा पायौं । हिरो भनेको सिनेमाको मात्र नभई वास्तविक जीवनमा राम्रा र आँटिला काम गर्ने व्यक्तिहरु पनि रहेछन । आजको यस विषम परिस्थितिमा हामी पनि हिरो हुनु पर्ने बेला आएको छ । हामी हिरो भएर कोरोना भाइरस नामक भिलेनलाइ जितेर यो बिश्वलाई बचाउनु छ । यहाँ Hero को अर्थ

H= Happy & Healthy, E=Exercise & Energetic,
R= Responsible & Ready, O= Optimistic & Optimistic

अतस् “H” बाट Happy and Healthy हामी अहिलेको अवस्थामा आफु खुशीभई बस्न जरुरि छ । आफ्नो र आफ्नो परिवारको स्वास्थको खयाल राख्नु पर्यो । स्वास्थ भन्नेबितिकै हामी शाररिक स्वास्थ मात्र बुझ्छौं तर हामीले मानसिक स्वास्थमा पनि उतिकै विचार पुराऊन ज्जरुरी छ । आफुलाई शाररिक साथसाथै मानसिक रुपमा स्वस्थ राख्न के के गर्न सकिन्छ ? त्यसमा धयान दिनपर्छ । साधना गर्ने, किताब पढ्ने, मनपर्ने फिलिमहरु हेर्ने, गीतसंगीत सुन्ने । नकारात्मक कुराहरुलाई मनमा आउन नदिने र आफु पनि खुसी भएर बस्ने र आफ्नो परिवार लाइ खुसी राख्ने । आफुलाई मनपर्ने क्रियाकलापहरु गर्ने । यसैगरि अब पालो भएको छ “E” को E अर्थात् Exercise & Energetic lifestyle. हामीलाई व्यायामको जरुरत जहिले पनि पर्छ झन् यस्तो बेलामा त शरीरलाइ र दिमागलाइ स्वस्थ र स्फुर्त राख्न को लागि कम्तिमा दिनको आधि घण्टा ब्याम गर्नैपर्छ । अहिलेको समय प्रायः सबैको फुर्सदिलो भएकोले खाली बस्नु को साटो केहि न केहि काममा अल्झीरहने आफुलाई फुर्तिलो राख्ने जसले गर्दा मन र ज्यान दुवै स्वस्थ रहनेछ । अब पालो भएको छ “ R” को R अर्थात् Responsible & Ready. अहिलेको समयमा हामीले आफ्नो जिम्मेवारी बुझ्नु र वहन गर्न पर्छ । रोग फैलिन नदिन आफु निकै संयमित भई नियमको पालना गर्नु पर्छ । आफुले गर्नुपर्ने जिम्मेवारी पुरा गर्नुपर्छ । घरभित्रै बस्नु पर्यो, अति आवश्यक काम नपरी घरबाट ननिस्कने, निस्कनै परेमा मास्क तथा स्यानीटाईजर को प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्नु पर्यो । आपतमा परेकालाइ आफुले सक्ने सहयोग गर्नु पर्यो, रोग फैलिन नदिन आफु जिम्मेवार बन्ने, येसैगरि हामी Ready अर्थात् तयार बस्नु पर्यो । कहिले कहिँ हामीले जतिनै सतर्कता अपनाउदा अपनाउदै पनि हामी वा हाम्रो आफन्तजनलाइ पनि यो रोग लाग्न सक्छ । यदि यस्तो भएमा पनि यो कुरा स्वीकार्न हामी तयार रहन पर्छ । हामी आतिन भएन र अर्को कुरा के पनि बुझ्न पर्यो भने यो रोग लाग्दैमा हाम्रो मृत्यु भई हाल्ने होइन दिनहुँ हजारौंले यस रोगलाई पराजित गरेका छन् । तसर्थ आत्मवल उच्व राख्नु पर्यो र आइपर्ने परिस्थितिको लागि तयार बस्नुपर्यो । आज नम्बरमा आएको समाचार भोलि आफुले चिनेको नाममा पनि आउन सक्ला यसको लागि पनि मानसिक रुपमा तयार रहनु पर्यो । जे जस्तो परिस्थिति आए पनि त्योसंगा सामना गर्छु भनेर पनि तयार बस्नु पर्यो ।
अब पालो भएको छ “ O” को O अर्थात् Optimistic हुनुपर्यो । हामीलाई थाहा नै छ कुनै पनि परिस्थिति थाई हुदैन । यो बिसम परिस्थितिको पनि एकदिन अन्त्य हुनेछ । यसैले हामी आशाबादी हुनु पर्छ। फेरी पनि हामी आजाद पन्छी झैँ पुन पहिलाकै अवस्थामा फर्किने छौं । फेरी पनि हाम्रो जीवन पहिलेकै जस्तो सामान्य हुनेछ । भानिन्छ नि मान्छेको जीवन नै आशामा अड्केको हुन्छ । त्यसैले आशाबादी बनौ । अहिलेको फुर्सदिलो समयमा भोलिलाई कसरी सुन्दर र सफल बनाउन सकिन्छ त्यसबारे योजना गरौ । जुन पेसामा छौ त्यस पेसामा आफुलाई अझै अब्बल बनाउन के गर्न सकिन्छ त्यसबारे अध्यन गरौंं । जसरी हरेक अन्धकार रात पछि उषाको किरणसंगै नया बिहानी आउछ त्यसरीनै चाडै नै फेरी हाम्रो जीवन मा पनि उज्ज्यालो छाउनेछ । कोरोनालाइ जित्न हामी सफल हुनेछौं भन्ने हौसलाकासाथ आजको दिनहरु बिताउन पर्छ । तसर्थ आउनुहोस यो HERO वाला सुत्र प्रयोग गरेर हामी सबै HERO भएर यो कोरोनालाइ भगाउन हातेमालो गरेर अगाडी बढौ । सदा खुसी रहौं, स्वस्थ रहौं र सुरछित रहौं ।