समाचार

सभापति देउवाद्वारा गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीको शुभकामना

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा पनि सबै किराँत दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “~~बुद्ध जयन्ती तथा उभौलीको शुभकामना~~
विश्वशान्तिका अग्रदूत #गौतम_बुद्धको २५६५ औँ #जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।
त्यस्तै किराँत समुदायको महान् पर्व #उभौलीको अवसरमा पनि सबै किराँत दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल।”