राजनीति

गृहमन्त्री थापालाई हराए डा देवकोटाले, सर्बसाधारणको प्रतिकृया बादललाई लाग्यो कालो बादल

६ जेठ, काठमाडौं । निबर्तमान गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको सदस्य निर्बाचनमा हराएर डा खिमलाल देवकोटा निर्बाचित भएका छन् ।

आजैमात्र सर्बोच्च अदालतले गृहमन्त्री थापासहित ७ जना गैरसाँसद मन्त्रीलाई मन्त्रीको रुपमा नराख्न आदेश दिएको सर्बोच्च अदालतको फैसला पछि अर्को जनताको फैसलाले डा देवकोटालाई विजयी गराएर शक्तीसाली गृहमन्त्रीलाई हराएको छ ।

सामाजिक सञ्जालमा बादललाई लाग्यो कालो बादल भन्ने टिकाटिप्पणीहरु हुन थालेका छन्। डा खिमलाल देवकोटाले ५ हजार ८८ को मतभारले विजयी भएको बताइएको छ ।

नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जसपा र नेकपा एमाले माधव कुमार नेपाल समूहको सहयोग रहेका डा देवकोटाले विजयी हात पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्बाचन आचारसंहिता मिच्दै गृहमन्त्री थापाका पक्षमा मत मागेकोमा आलोचना सेलाउन नपाउँदै थापालाई डा देवकोटाले हराउन सफल भएका छन् । ४०१४ रामबहादुर थापाले मत पाएका थिए ।