विचार/ब्लग

ति मरे कोरोना भएरै मरे, किनकी ति कोरोनाले मरे…

अनिल खत्री । पढेको वातावरण विज्ञान, साधारण भाषामा भन्दा खिचडी विज्ञान नपढेको केहि छैन, विज्ञ केहीको हैन, तैपनि गर्व गर्छु, म हरेक विज्ञान बुझ्न सक्छु। कोरोनाको दोश्रो कहरले सोच्न र लेख्न वाध्य बनायो। कोरोनाका प्रचार समाचार मलाई चित्त बुझेन अनि मेरो आफ्नै दर्शनले पछिल्लो समय मैले कोरोनाको समाचार पढ्ने छाडिदिएँ। यद्यपि साक्षर छु, लेख्न, पढ्न जानेको छु यसो कसो एक दुई समाचार पढी हालिँदो रहेछ। यसपालाको समाचारले मेरो ध्यानाकर्षण गरायो सोच्न, अनि लेख्न बाध्य बनायो।समाचार कतै कोरोना संक्रमण प्रभावित क्षेत्रको थियो, जहाँ संक्रमणको कारणले केहि व्यक्तिले ज्यान गुमाएका थिए। समाचारमा जनाएको संख्यामा करिव ६० प्रतिशत मान्छे संक्रमित भए तर कोरोनाको कारण नभई मनोवैज्ञानिक कारणले ग्रषित भएर कोरोनाले मरेका रहेछन्। पहिलो कारण आत्महत्या, त्यसपछि अरु कुनै तर प्रायः गैर कोरोना कारणहरुले, तथापी ति मरे कोरोना भएरै मरे, किनकी ति कोरोनाले मरे।
यो सहसताव्दी २००० को सुरुवातमा भर्खरै पढ्दै थिए वातावारण विज्ञान, तेती बेला पृथ्वीको जनसंख्या ६ अर्व पुग्दै थियो, यसले पृथ्वीमा समस्या निम्त्याउने छ हामीले यो समस्यालाई न्यूनीकरण गर्न अनि पृथ्वीको जनसंख्या स्थिर राख्न के के गर्ने भनेर पढ्दै थियौ। आज मात्रै दुइ दशकमा त्यो संख्या आठ अर्व पुग्दै छ। कोरोनाकै कहर सुरु भएको समय करिव एक वर्ष देखि आजको दिनसम्म मात्रै पनि यो संख्या १० करोड थपीइसकेको छ, त्यो दिन ७.७६ अर्व देखिएको आज ७.८६ अर्व देखिदै छ। दैनिक मर्ने भन्दा जन्मिनेको संख्या दोव्वर छ । खै कहाँ घटायो महामारीले पृथ्वीको जनसंख्या ?
प्रसङ्ग मेरै पुरानै कथा, मैले फेरी डटोले आफ्नै शव्दलाई, कोरोना कहर सत्य, भ्रम कि त्रास? कोरोना सत्य पनि हो, भ्रम पनि हो अनि त्रास पनि हो। विश्वभर महामारीको रुपमा फैलिरहेको, विकशित किसिमको, संक्रमण डर अत्यधिक प्रमाणित भाइरल रोग कोरोना (कोभिड १९), सम्भवत रुघखोकिकै विकशित रुप, वास्तवमा एउटा रोग हो। मान्छे रुघाखोकीसंग आदि भैसके,जुधेका छन्, लडेका छन्, जितेका छन्, कोहि कोहि बिग्रेर निमोनिया भयो भनेर तेसैका कारणले पनि मरेका छन् तै पनि डराउदैन। तर कोरोनाको प्रचारवाजी यसरी भयो कि आजकल अधिकांस मान्छे नामैले डराएका छन्। नाम पनि डरलाग्दो नै छ, अर्कै संसारबाट आए जस्तो नोवेल कोरोना। लागेपछि मारी हाल्ने जस्तै, समाजले बहिस्कार गर्छ बाँचेर पनि अर्थ नभएको जस्तै, यावत।
साँच्चैरोग कुनै सामान्य सजिलो त हुदैन, राम्रो पनि हुदैन, समयमा उपचार नपाए धेरैले ज्यानै पनि लिन सक्छन तर उपचारै नभएको, आत्महत्या नै गर्नु पर्ने पुर्वजन्मको पाप देखिए जस्तो महारोग त कुनै हुदैन।विस्वास, आत्मबलले अर्बुधरोग समेत निको भएका कयौ उदाहरणहरु छन्, यो त जावो कोरोना।तर यहाँ कोरोनाले निकै नहुने, संक्रमित अनि उसको सेरोफेरो सबैलाई एकै पटक लाने जसरि भयानक रोगको रुपमा चित्रण गरिएको छ, भ्रमको सिर्जना गरेको छ, भ्रमले डर र त्रास। मृत्यु प्राकृतिक सत्य हो, जन्मे पछी मान्छे (जीवित प्राणी) ले मर्नै पर्छ, यो पृथ्वीमा हरेक दिन लाखौँको संख्यामा मान्छे मरिरहेकै छन्, ढिला–चाडै, तपाइँ–मेरो सबैको पालो आउँछ। तर पछिल्लो समय मृत्युको एक मात्रै कारण कोरोना देखाईएको छ, लाग्छ कोरोना यो युगको यमराज नै हो? समाचार र छापाले पनि यसैलाई उजागर गरे।सायद चिनीलाई सिक्दै देखि तितो छ भनेर सिकाएको भए आज गुलियोलाइ तितो भनिन्थियो होला, यदा–कता कोरोनालाई यसरीनै प्रचार गरिदै छ कि?
हरेक वस्तुको दुवै पक्ष हुन्छ, सकारात्मक नकरात्मक। उदाहरण एउटा आधा भरेको गिलाँसबाटै लिउं। सकारात्मक पक्षबाट देख्नेले त्यो गिलांस आधा भरिएको अनि अब चाडै भरिने देख्छ, तेहीं नकारात्मक पक्षबाट हेर्नेले आधा नभरिएको सायद घट्न लागेको, यस्तै यस्तै देख्छ। २०७२ शालको महा(भूकम्पको कारणले करिव नौ हजार ले ज्यान ३५ लाख ले घरबार गुमाए, तेतिबेला नेपालको जनसंख्या करिव ३ करोड २६ लाख थियो बाकिलाई केहि पनि भएन, नहुनेको समाचार पनि आएन, कसैले चासो पनि दिएन।अन्ततः, समाचार सधै नकारात्मकता तिरै झुकेको देखियो।पाखोको धुले माटोमा दिनरात नभनी लडी बुडी खेलेको देखि कम्प्युटर र साइवर गेमसम्म खेल्न भ्याएका मेरा समकक्षीहरुलाई पनि राम्रैसंग याद होला कि, यो सहसताव्दी मिडिया, छापा, सूचना, प्रविधि र पहुँचको विकाश कसरी अनि कतिसम्म भएको छ। त्यो दिनहरुमा टाढाका वा कार्य विशेषले टाढिएका आफन्त बिमारी पर्दा वा मर्दा समेत कैले क्रिया पछी त कहिले कहिँ भने बर्षी समेत सकिएपछी खवर आउथियो। सानैमा टेलिफोन भन्दै धागोको दुइ छेउमा पुराना बट्टाहरु जोडेर बोल्दै हिडेको अनि आज ब्लु–टुथ डिभाइस मार्फत फोन समेत नसमाती कुरा गर्दै गरेका छौ। आजकल यस्तोसम्म भएको छ कि तलबाट छुटेको बायु नाकमा पुग्नु भन्दा पहिलै अर्को गोलार्धको छिमेकीको मोबाइलमा पुग्ने गरेको छ । सुचनाले धेरै माथि पुर्याएको छ, मानव जगतलाई सुविधा सेवा थपेको छ तर साथ साथै नकारात्मकताको भयावह वातावरण समेत शृजना गरेको छ। कोरोना संक्रमण पश्चात करिव १२ करोड मान्छे उपचार भएर निको भएकाको खबरले प्राथमिकता पाएन, हाल संक्रमित करिव दुइ करोड मध्ये ९९ प्रतिशत सामान्य अवस्थामा रहेको पनि खवर फैलिएन, तर ०.६ प्रतिशत (करिव १०००००) जो अलि बढी ग्रषित छन् ति मात्रै समाचारमा आएअनि यस दौरानमा कोरोना संक्रमित भएकाकरिव ३२ लाख जो सायद अन्य रोगमा कोरोना मिसिएर मरेका थिए त्यो सधैं प्रमुख खवरमा उदाइरहे। गणितीय तथ्याङ्क हेर्ने हो भने आजसम्म पृथ्वीको जनसंख्याको करिव ०.०४५ मान्छे मात्रै कोरोनको कारणले मरेको देखिन्छन जवकी दैनिक रुपमा एक लाखको हाराहारीमा पृथ्वीका मान्छे सधैनै मरेकै हुन्छन।यसै सिधा हिसाब गर्ने हो भने पनि वर्षमा कम्तिमा ३ करोड पैसट्ठी लाख मान्छे मरेकै हुन्छन, जुन कुल जनसंख्याको ०।४७५ हुन आउछ।यस्तै विभिन्न दुर्घटनाको कारणले हुने दैनिक मृत्युदर पनि कोरोनाको कारणले हुने मृत्युदर भन्दा धेरैनै बढी हुने गरेको तथ्याङ्क छंदैछ। यहाँ कोभिडको कारणले भन्दा पनि कोभिड सहित मृत्यु हुनेहरुको दर धेरै बढी भएको देखिएको छ, तर समाचार, सुचनाले कोरोना मात्रै देख्यो, कोरोनाले कि कोरोना पनिले, अर्थात् कोरोनाले कि कोरोना सहित कहिले विश्लेषण भएन। यस्तै यस्तै समाचार सम्प्रेषण अनि सूचना प्रवाहले डर र त्रासको वातावरण बनायो।पछिल्लो कोरोना कहरसंगै जनमानसमा भ्रम अनि भ्रमले डरको विकास गरिदिएको छ जसले गर्दा मनोरोग, मनोवैज्ञानिक समस्याहरु भयावह रुपमा वृद्धि भएको देखिएको छ।एकातिर समाचारको नकारात्मकता अर्कोतिर डर रोगको, रोग लागे पछी क्वारेन्टाइन, आइसोलेसनको, एक्लोपनको अनि लगभग मरिन्छ भन्ने त्रासको, जसले गर्दा कोरोना लागेर हैन कोरोनाको डरले मान्छे मर्दैछन्। कोरोना पुस्टि हुँदा मात्रै पनि आत्मवल क्षय भएर आत्माहत्या वा तेसै डरले मरिरहेका छन्।
मेरो उद्देश्य कोरोना केहि हैन भनेर आम जनमानसलाई भाड्नु वा गलत खबर फैलाउनु पक्कै हैन । मैले माथि पनि उल्लेख गरिसके रोग सानो, सजिलो कुनै हुदैन, सचेत हुनु अपरिहार्य छ, रोगबाट जोगिने, रोकथामका उपाए अपनाउने र उपचार गर्ने यी सबै आवश्यक कुरा हुन्। पक्कै रोगलाई हेल्च्याक्राई गर्न हुन्न तर डराउनु पनि हुन् ।डरले रोगको परिमाण वृद्धि गरिदिन्छ, सामान्य समस्या पनि विकराल हुन्छ, मानसिक तनाव, मानसिक रोग थपिन्छ, आत्मवलमा ह्राश आउछ अनि मान्छे अकालैमा तेसै मर्छ ।ओखातिले बिमारीबाट जुध्न सहयोग गर्छ, ओखाति मात्रैले रोग बिसेक हुदैन, आत्मा विस्वास अनि आत्मवल पनि जरुरी हुन्छ, नत्र झाक्री र जान्नेले फुकेर यो सताव्दीमा कसैको विमारी विसेक होला भनेर विस्वास गर्न सकिन्छ र? डाक्टर भन्दा जान्ने हो झाक्रीरु तर भएको उदाहरण हाम्रै समाजमा जही तही पाइन्छन, विशेक भइरहेकै छन् अनि यो भएको चाहिं विस्वासले, मानसिक सन्तुस्टीले, आत्मबल वृद्धि भएर हो।सकारात्मक खबरले मान्छेमा विस्वासको, आत्मवलको विकाश गर्छ जसले सरिरमा सकारात्मक उर्जाको विकाश गर्छ अनि आधा रोग त तेसै विसेक हुन्छ ।आजको अवस्थामा कोरोनाबाट हुने मृत्यु कम गर्ने औसधि भन्दा पनि मनोवैज्ञानिक परामर्श बढाउनु आवश्यक देखिएको छ । भएको प्रविधि प्रयोग गरेर आइसोलेशनलाई पनि नन–आइसोलेशन बनाउनु पर्ने देखिन्छ। इन्टरनेट, कन्फरेन्स कल, मनोरन्जनको व्यवस्था गरेर छुट्टै राखेर पनि रोगीलाई सामाजिक बनाइनु पर्छ अनि परामर्शको व्यवस्था हुनु पर्छ। विश्वास र आत्मा बल अनि आफन्तकोसाथ र सहयोगस यति भए आत्मवल वृद्धि हुन्छ अनि बलियो आत्माले संसार जित्छ। मर्नु जन्मेपछिको नियति हो, पालो सवैको आउछ तर प्राकृतिक रुपमा मर्नु र कोभिड संक्रमणमा सुचिकृत भएर मर्नु अलि मन खिन्न चाहिं पक्कै हुन्छ। चन्द्रमा र मंगलसम्म पुग्ने नि हामीनै हौ, गरे के सकिन्न? लडे कहाँ जितिन्न ? जावो! कोरोना! सुरक्षित रहौं, मिलेर लडौँ।