प्रदेश 1

बिजय गच्छदारकी धर्मपत्नी निर्मलाको कोरोनाका कारण नर्भिकमा निधन

१ जेठ, काठमाडौं । नेपाल सरकारका पुर्व उप-प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उप(सभापति बिजय कुमार गच्छदारकि घर्मपत्नि निर्मला गच्छदारको निधन भएको छ । आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा बिस्वब्यापी महमारी कोरोना संक्रमणका कारण निधन भएको गच्छदारका स्वकीय सचिव यज्ञ चौधरीले पुष्टी गरेका छन् ।
स्व. निर्मला प्रति प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलका नेता तथा सुनसरी काँग्रेस सभापति राजीव कोईरालाले दुःख ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसका उपसभापति , पुर्व उप-प्रधान तथा गृहमन्त्री आदरणीय बिजय गच्छदार दाइकी धर्मपत्नी निर्मला गच्छदारको आसामयिक निधनको खबरले मर्माहत भएको छु भाउजुको आत्मालाई शान्ति मिलोस, हार्दिक श्रद्दान्जली।’

यस्तै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका तर्फबाट सम्पर्क समितिका सभापति बाबुराम आचार्यले बिज्ञप्ती नै निकालेर दुःख ब्यक्त गरेका छन् । कोरोना भाईरसको संक्रमणका कारण निधन भएकी निर्मला गच्छदारको मृत शरीर नर्भिक अस्पताल, थापाथलीमा राखिएको छ ।सामाजिक सञ्जालमा उनको श्रद्धान्जली नेपाली काँग्रेसका बिश्वभर बस्ने दशौं हजारले दिएका छन् ।