राजनीति

धनराजको प्रधानमन्त्रीसँग आक्रोशः तपाईंले सपथ ग्रहणमा देखाउनु भएको अभद्र व्यबहारले सिङ्गो मुलुकको अपमान

१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिद्योदेवी भण्डारी राष्ट्रपति भएको र तपाईंको कार्यकर्ता नभएको बताएका छन् । नेता गुरुग्ंले प्रधानमनत्रीलाई तपाईंले सपथ ग्रहणमा देखाउनु भएको अभद्र व्यबहारले सिङ्गो मुलुकको अपमान भएको भनेका छन् । महामहिम राष्ट्रपतिले सपथ ग्रहणको हरफ पढ्दै जाने, सम्माननीय प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दै जाने भए के को सपथ?भन्दै प्रश्न गरेको छन् ।
नेता गुरुगंको ट्विीटः महामहिम राष्ट्रपतिले सपथ ग्रहणको हरफ पढ्दै जाने, सम्माननीय प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दै जाने भए के को सपथ? प्रधानमन्त्री ज्यु! महामहिम बिद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति हो। तपाईंको कार्यकर्ता हैन। तपाईंले सपथ ग्रहणमा देखाउनु भएको अभद्र व्यबहारले सिङ्गो मुलुकको अपमान भएको छ।