अन्तर्राष्ट्रिय

चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग

सियोल, ३१ बैशाख । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ ।

उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ ।

गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन ।

उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ ।