राजनीति

केपी ओलीविरुद्ध बिद्रोह गर्ने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्। ओली र नेपालवीचको छलफललाई लिएर झाँक्रीले ओलीले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै भएको बताएकी छन्।

उनले ठोस प्रस्ताव बिनाको संवादको अर्थ नभएको र जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।”