पु.समाचार

प्रधानमन्त्रीमा पुनः भए केपी शर्मा ओली नियुक्ती, शुक्रबार २ बजे सपथ

३० बैसाख, काठमाडौं।  प्रधानमन्त्रीमा धारा ७६ को २ अनुसार दुई वा दुई भन्दा बढि दलले बहुमत जुटाउन नसकेका कारण राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनः केपी शर्मा ओलीलाई नै नियुक्त गरेकी छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीलाई सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी गरेका छन् ।
बैसाख २७ गते प्रधानमन्त्री ओलीले बिस्वाशको मत लिन नसकेपछि तीन दिनको समयसीमा दिँदा कुनैपनि दलले दुई वा दुई भन्दा बढी दलको समर्थन आज ९ बजेसम्म जुटाउन नसकेपछि ठस्लो दलको हैशियतमा केपी शर्मा ओलीलाई नै नेपालको संबिधानको धारा ७६ को ३ अनुसार नियुक्ती गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले एक महिनाभित्र पुनः बिश्वासको मत लिनुपर्ने हुन्छ, यदि बिस्वासको मत लिन नसकेमा मुलुक मध्यावधीतिर जानेछ ।