राजनीति

डा भट्टराईको टिप्पणीः नेपाली राजनीतिमा केपी ओली पुनः चतुर सावित

३० बैसाख, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराइले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको भन्दै आत्माआलोचना गरेका छन् । उनले ट्वीट गर्दै नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका साँसदहरुले राजीनामा नदिई केपी ओलीलाई नै मतदान गर्ने निर्णय भएपछि ओलीको नेपाली राजनीतिमा सबैभन्दा बढी बिरोध गर्ने डा भ्टराईले आत्माआलोचना गर्दै भनेका छन्, सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्। उनले अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं भनेका छन् । प्रधानमन्त्रीमा बिपक्षी दलहरुले प्रयास गरेपनि एमाले अध्यक्ष ओलीलाई पुनः नियुक्ती हुनबाट रोक्न नसकेपछि डा भट्टराईले गाली गरेपनि उनको तारिफ गरेका हुन् ।
डा भट्टराईको ट्वीटः जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !