राजनीति

सरकारबारे माधव नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौंः प्रवक्ता श्रेष्ठ

३० बैसाख, काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् नयाँ सरकार गठनका सम्बन्धमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म दिएको समयसीमा, अन्य दलसँग भएको छलफल तथा आवश्यक तयारीका बारेमा अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनबारे छलफल भए पनि कुनै निर्णय भने नभएको जानकारी दिए । उनले भने, “ ‘हामी अहिले पनि माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौंँ, अहिलेसम्म उहाँहरुले निर्णय दिनुभएको छैन । उहाँहरुको निर्णय आएपछि मात्र बहुमतको सरकार दावी गर्न जाने, नजाने निर्णय हुन्छ ।”