समाचार

एमाले नेपाल पक्षका साँसदले दिएनन् राजीनामा, ओलि हटे पछाडी, लगभग मिल्यो वार्ता

३० बैसाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठको एक घरमा भेटवार्ता सकिएको छ । अपरान्ह ४ बजेसम्ममा एमाले नेता माधव कुमार नेपाल पक्षले आफ्ना मागहरु पुरा गर्न अल्टिमेटम दिएको अवस्थामा ओली र नेपालबिच भेटवार्ता भएको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको प्रधानमन्त्रीको लागि दावी प्रश्तुतको समय अगावै एमालेलाई एक बनाएर लान प्रधानमन्त्री ओली पनि निकै लचक भएका छन् । आजमात्र नेपालसहितका केही नेतालाई कारबाही फुकुवा गरेर लचकताको प्रयास ओलीले गरेका छन् । एमालेमा भएका पछिल्ला असहमती र झगडा मिलाउने, नमिलाउने जे भएपनि प्रयास भने दुई नेताले गरेका छन् ।
आजको भेटमा ६ बुंदे प्रस्ताव राख्दै बरिष्ठ नेता माधव क्मार नेपालले सर्बोच्च अदालतको फैसलापछि २०७५ जेठ २ गतेको अवस्थामा नेकपा एमालेलाई पुर्याउनुपर्ने मुख्य माग गरेका थिए । नेता नेपालले आफ्ना पक्षका साँसदहरुलाई राजीनामा दिनबाट बचाउनका लागि ६ बुंदे लिखित पत्रका आधारमा फेरि पनि छलफल र वार्ता गरिने र त्यसका लागि कार्यदल बनाईने बताएका छन् ।