राजनीति

धनराजको कडा प्रश्नः प्रधानमन्त्रीज्यु! नेपाल सरकारको काम लास गन्ने मात्रै हो ?

३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीज्यु! नेपाल सरकारको काम लास गन्ने मात्रै हो ? भनेर कडा प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै अमेरिकी सिनेटको बैदेशिक मामिला समितिमा सिनेटर क्रिस मुर्फेले नेपाल कोरोना संकटको गम्भीर जोखिममा रहेकोले नेपाललाई सहयोग गर्नुपर्ने कुरा राखेको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा प्रहार गरेका छन् । उनले अमेरिकी सिनेटमा नेपालको संकट बारे कुरा उठ्छ तर नेपाल सरकार संसद बन्द गरेर सुत्छ भन्ने आरोप लगाएका छन् ।
उनको ट्वीटः अमेरिकी सिनेटको बैदेशिक मामिला समितिमा सिनेटर क्रिस मुर्फेले नेपाल कोरोना संकटको गम्भीर जोखिममा रहेकोले नेपाललाई सहयोग गर्नुपर्ने कुरा राखेछन्।
अमेरिकी सिनेटमा नेपालको संकट बारे कुरा उठ्छ। तर नेपाल सरकार संसद बन्द गरेर सुत्छ।
प्रधानमन्त्रीज्यु! नेपाल सरकारको काम लास गन्ने मात्रै हो ?