सूचना प्रविधि

नेट टीभी सेटटप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो

३० बैसाख, काठमाडौं । नेपालमा आईपीटीभी सेवाहरूमा पायोनियर मानिएको नेट टीभीले सेटटप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट नेपाली जनताको मागबमोजिम सधैं लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

यही क्रममा पहिलोपल्ट नेट टीभीले नेपालभरका आफ्ना प्रिय ग्राहक महानुभावहरूका लागि बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउनेछ । यो वर्षको बहुप्रतीक्षित फिल्ममा पर्ने ‘राधे’ मे १३ मै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो ।

नेट टीभी सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहक महानुभावहरूले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वल्र्डलिंकका ग्राहक नबन्नुभएका सम्पूर्ण महानुभावहरूले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को आनन्द उठाउन सक्नेछन् ।

“सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,” नेट टीभीका सीईओ निरन राजभण्डारी भन्छन्, “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियललाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो । ‘राधे’ जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलेनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”

कोरोना महामारीको यो समयमा नेट टीभी सेटटप बक्स र एपका माध्यमले सुरक्षित रूपमा सम्पूर्ण नेपालीले घरघरमै सक्दो मनोरञ्जन प्राप्त गर्न सक्नुहोस् भन्ने आफ्नो प्रयास रहँदै आएको उल्लेख गर्दै राजभण्डारी भन्छन्, “हाम्रा आदरणीय ग्राहकहरूले सेटटप बक्स र एपका माध्यमले पे–पर–भ्यु क्याटेगोरीमा मे १३ देखि यो फिल्म हेर्न सक्नुहुनेछ ।”