सामाजिक सञ्जाल

रवि लामिछाने बिरुद्धमा युवा संघका माहासचिव आचार्यले गरे यस्ता १८ कडा टिप्पणी

३० बैसाख, काठमाडौं । नेकपा एमालेको भातृसंस्था युवा संघका महासचिव रमेश आचार्यले टेलिभिजन प्रस्तोता रवि लामिछानेको बिषयमा १८ टिप्पणी गरेका छन् । उनले टिप्पणी गरेर सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराहरु राखेका छन् । नेपपा एमाले का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा संघका नेताले चर्चित सेलेब्रेटीबिरुद्ध १८ टिप्पणी गरेका छन् ।
उनको भनाईः

रबि लामिछानेको तल्लो स्तरको लोकप्रीय हुने दाम र काम कमाउने हर्कत!
१)एउटा घरमा दिनको २ किलो चामल चाहिन्छ भने त्यो घरले बर्ष भरिको ७ सय तीस किलो चामल जोहो गर्छ । चाड्बाड पाउनापासा हिसाब गर्दा हजार किलो बटुल्छ।
२) राज्यले पनि अस्पताल र अक्सिजन प्लान्ट र सिलिण्डर त्यही अननुसार ब्यबस्थापन गर्ने हो। याद होस बिगतमा हाम्रा अक्सिजन प्लान्ट ५० प्रतिशत मात्र खपत भएका थिए।
३) जब कोबिड महामारी सुरुभयो सरकारले हजारौ पीसीआर जाँच गर्ने ल्याब ३ सय बडि अस्पताल र आइ सि यु, एच डि यु र आसुलेसन वार्ड तिब्र बनायो।
४) अक्सिजन प्लान्ट वीर अस्पताल, आर्मी अस्पताल, सैनिक अस्पताल लगाएत अस्पतालमा सुरु गर्‍यो।
३) भारत चाइना, अरबियन कन्ट्री, अमेरिका लगाएतको देश बाट अक्सिजन सिलिण्डर स्वास्थ सामाग्री मगायो।
४) सेना र प्रहरीको सुरक्षामा अक्सिजन उद्दोग २४ सै घण्टा बिद्धुत ब्यबस्थापन गरि संचालन गरेको छ।
५) सीसीएमसिको मिटिङ्गबाट संक्रमित जिल्ला बिरामीको चाप भएको अस्पताल र कम्पनिको कनेक्ट गरेर अक्सिजन ब्यबस्थापन गरेको छ।
६) स्थानीय तह नेताहरु र सर्बसाधारणले समेत अक्सिजन सिलिन्डर कलेक्सन गरेर गाडीलाइ एम्बुलेन्स बनाएर सहयोग गरिरहेका छन।
७) निजि अस्पतालहरुले अस्पताललाई कोबिड अस्पताल बनाएर उपचार गरि रहेका छन।
८) डक्टर, नर्स र स्वस्थकत्मी रात दिन नभनी खटीरहेका छन।
९) भारतले दिएको २० हजार चाइनाले दिएको १८ हजार र नेपाल सरकारले खरिद गरेको कोरोना खोप दिने नेपाल दक्षिण एसियामा भारत पछि दोर्सो देश बनेको छ।
१०) प्रत्यक बिरामीलाइ नर्मल बेडमा भर्ना भएकालाइ १५ सय, आइ सी युमा रहेकालाइ ३५ सय र भेण्टीलेटरमा हुनेलाइ ७ हजार दिने निर्णय गरेको छ।
११) अहिले पनि परिस्थिति नियन्त्रणमा नै छ हाम्रो सर्दर मृत्यु दर .०६ हो जो भारत भन्दा कम र युरोप अमेरिका भन्दा त धेरै कम हो।
१२) यसलाइ मौका ठानेर भ्रष्टाचार गर्ने, कालो बजारी गर्ने तत्वलाइ सरकारले कार्वाही गर्दैछ।
१३) यो मौकामा नाम र दाम कमाउन पल्केका रबि लानेछनेहरुको अनेक नौटंकी बेलाबेलामा गर्ने गर्छन।
१४० उसको त्यही हर्कत हो हिजो राज्य मन्त्री रामबीर मानन्धरको बेइजती गरेको घटना।
१५) मन्त्री भएर उध्योग चलाउने होइन व्यापार गर्ने होइन। उसले अक्सिजन सिलिण्डर बाटो बाटो बाँडदै हिडने होइन।
१६) नगरिक संग पैसा कलेक्सन गर्ने एप्स बनाएर रकम उठाउने अधिकार रबीले कहाँबाट पायो? तेस्को आर्थिक कारोबारको पारदर्शीता के हो? अरुको जीवनशैलीको प्रश्न उठाउने उस्को जीवन शैली के हो।
१७) बालाजुको औद्योगिक क्षेत्रको ६ रोपनी जग्गा कब्जा गरेर माओबादीहरुले चलाएको जनमैत्री अस्पताल मिडिया कर्मीको नाँउमा फ्री शेयर लिएका नैतिक हिन रबीलाछेनेको त्यो अस्पताल चलाउने नाटक सबैले बुज्न जरुरी छ ।
१८) यस्ता हर्कत गर्ने जो सुकै होस राज्यले कार्बाही गर्नु पर्दछ।