राजनीति

को-कसको क्षमता कति छ हिसाब गर्दै गरौला, अहिले कोरोना बिरुद्ध एकजुट भई लडौंः प्रदीप पौडेल

३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता प्रदीप पौडेलले कोरोना विश्वको साझा लडाई भएकाले अहिले जीवनका लागि लड्न अपील गरेका छन् ।
नेपाल बिद्याथी संघका पुर्व अध्यक्षसमेत रहेका नेता पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘नभएको इज्जत जोगाउन यथार्थ छल्ने ओली शैलीले कही पुर्याउँदैन । आफ्नो यथार्थ स्वीकारौ अन्तराष्ट्रिय सहयोगको लागी अनुरोध गरौं ।’ उनले थपेका छन्, ‘को-कसको क्षमता कति छ हिसाब गर्दै गरौला, नागरिकको जीवन भन्दा ठूलो संसदको गणित होईन’

नेता पौडेलको ट्वीटः को-कसको क्षमता कति छ हिसाब गर्दै गरौला ।
अहिले जीवनका लागि लडौ । नागरिकको जीवन भन्दा ठूलो संसदको गणित होईन ।
नभएको इज्जत जोगाउन यथार्थ छल्ने ओली शैलीले कही पुर्याउँदैन । आफ्नो यथार्थ स्वीकारौ अन्तराष्ट्रिय सहयोगको लागी अनुरोध गरौं । कोरोना विश्वको साझा लडाई हो ।