राजनीति

नेपाली राजनीति अवसरवाद, वैयक्तिक स्वार्थ र औसत योग्यताको शिकारः नेता घिमिरे

२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली राजनीति अवसरवाद, वैयक्तिक स्वार्थ र औसत योग्यताको शिकार भएको बताएका छन् । उनले ट्वीट गर्दै लोकतन्त्रप्रति पटक्कै निष्ठा नभएका छद्मभेषीहरुको मौजुदा शासनप्रणालीमा चलिरहेको ढलिमली लोकतन्त्रको विश्व इतिहासमा निकृष्ट व्यंग्य हो भनेका छन् । नेता घिमिरेले जनता भुतुभुतु मरिरहेको बेला सत्ता राजनीतिमा मग्न निरोको बारेमा के कुरा गर्नु ? भन्ने प्रश्न गरेका छन् ।

नेता घिमिरेको ट्वीटः नेपाली राजनीति अवसरवाद,वैयक्तिक स्वार्थ र औसत योग्यताको शिकार भएको छ। लोकतन्त्रप्रति पटक्कै निष्ठा नभएका छद्मभेषीहरुको मौजुदा शासनप्रणालीमा चलिरहेको ढलिमली लोकतन्त्रको विश्व इतिहासमा निकृष्ट व्यंग्य हो। जनता भुतुभुतु मरिरहेको बेला सत्ता राजनीतिमा मग्न निरोको बारेमा के कुरा गर्नु ?