गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा पुनः नियुक्त भए गुरुङ

२९ बैसाख, काठमाडौं । गण्डकी प्रदेशमा पुनः राष्ट्रिय जनमोर्चाका दुईजना साँसद तटस्थ बसेका छन् । उनीहरु तटस्थ बसेका कारण मुख्यमन्त्रीमा पृथ्बी सुब्बा गुरुङ नै नियुक्त भएका छन् । काम गर्ने वातावरण नभएर राजीनामा दिएको भनिएका गुरुङलाई जनमोर्चाका दुई साँसद तटस्थ बसेका कारण पुथ बहुमत पुगेको हो । काँग्रेसका कृष्णचन्द्र पोख्रेलले मुख्यमन्त्रीमा दाबी गरेपनि उनी मुख्यमन्त्री बन्न सकेनन् । जनमोर्चाका तीन मध्ये साँसद कृष्ण थापा र खिमबिक्रम शाहीले बिज्ञप्ती नै निकालेर आफूहरु तटस्थ बसेको बताएका थिए ।
काँग्रेसलाई जसपा, जनमोर्चा, माओबादी केन्द्रले साथ दिने भनेका भएपनि अन्तिम अवस्थामा अँएर जनमोर्चाका दुई साँसदले बिज्ञप्ती नै निकालेर सहयोग नगरेपछि गुरुङ नै बहुमत प्राप्त मुख्यमन्त्ती बनेका छन् ।