राजनीति

ओली हटाउनैपर्छ, त्यस्का लागि नेपाल पक्षका हामी साँसदले राजीनामा दिनैपर्छः नेता रावल

भीम रावल

२९ बैसाख, काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले माधव नेपाल पक्षका साँसदहरुले राजीनामा दिएर भएपनि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । उनले ट्वीट गर्दै असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै नेपाल पक्षका २८ जना साँसदहरुले राजीनामा दिनुको बिकल्प नभएक्को दाबी गरेका छन् ।
नेता रावलले थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ भन्ने विचार प्रश्तुत गरेका छन् ।
उनले यो विाचारलाई नै यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ भनेका छन् । राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्न जेठ २ गतेको समय दिएका बेला नेपाली काँग्रेस, जसपा र नेकपा एमालेले आ–आफ्नै तरीकाले अन्तर दल र बाहिरी पार्टीसँग सरकारको नेतृत्वका लागि छलफल गरिरहेका छन् । यसै समयमा नेता रावलले ओलीको बिरोधमा जे पनि गर्न तयार हुनुको बिकल्प नभएको बिचार दिएका छन् ।
नेता रावलको ट्वीटः असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।