राजनीति

उदयको प्रधानमन्त्रीलाई आग्रहः बाँकी सबै काम छोडेर अक्सिजन व्यवस्थापनतिर लाग्नूस्

२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शम्सेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बाँकी सबै काम छोडेर अक्सिजन व्यवस्थापनतिर लाग्न सल्लाह दिएका छन् । पूर्व अर्थ राज्यमन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्षसमेत रहेका युवा नेता राणाले अक्सिजनको संकट टार्न नसके अवस्था झनै भयावह हुने निश्चित भएको ठोकुवा गर्दै जीवन अमूलय भएको बताएका छन् । उनले ट्वीट गर्दै जतिजति कोरोना संक्रमितको संख्या बढ्दो छ, अक्सिजनको अभावले ज्यान गुमाउनेको संख्या पनि बढ्दो भएको र अस्पतालले विरामी भर्ना लिन छोडिसके भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

उनको ट्वीटः जतिजति कोरोना संक्रमितको संख्या बढ्दो छ, अक्सिजनको अभावले ज्यान गुमाउनेको संख्या पनि बढ्दोछ। अस्पतालले विरामी भर्ना लिन छोडिसके। @PM_Nepal ज्यू, अब बाँकी सबै काम छोडेर अक्सिजन व्यवस्थापनतिर लाग्नूस्। अक्सिजनको संकट टार्न नसके अवस्था झनै भयावह हुने निश्चित छ। जीवन अमूल्य छ…