साहित्य

गजल

-सुमित्रा थापा (प्रेरणा) 

बाँच्नलाई गाह्रो कति अभाव जिन्दगीको
कहिले हाँसो, कहिले आँशु स्वभाव जिन्दगीको

को आफ्नो को पराई स्वार्थी दुनियाँमा
आफ्नो लागि आफैं बाँच, जवाफ जिन्दगीको

हारिसकें आफैंसँग के सक्थें र लड्न फेरि
जित्नैपर्छ भन्नेमात्र दबाब जिन्दगीको

खुशीमा त हाँस्छन् सबै रुने कोही छैन
कसलाई भनौं, कसलाई सुनाऔं तनाव जिन्दगीको

-समुन्द्रटार, नुवाकोट