सामाजिक सञ्जाल

स्वास्थ्य संकटकाल घोषणा गर्न विलम्व नगर्न काँग्रेस सभापति केसीको सरकारसँग अपिल

२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले स्वास्थ्य संकटकाल घोषणा गर्न विलम्व नगर्न सरकारसँँग अपिल गरेका छन् । सभापति केसीले देशभरका अस्पताल्, आईसियू, भेन्टिलेटर र अक्सिजन नपाएर जनता काकाकुल छन्, सरकार सत्ता टिकाउने अंकगणितमा ब्यस्त भएको भन्दै स्वास्थ्य संकटकाल लगाउनुपर्ने बिचार राखेका हुन् ।

नेता केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “स्वास्थ्य संकटकाल घोषणा गर्न विलम्व नगर्न नेका नुवाकोटको सरकार सग अपिल ।
देशभरका अस्पताल्, आईसियू, भेन्टिलेटर र अक्सिजन नपाएर जनता काकाकुल छन्, सरकार सत्ता टिकाउने अंकगणितमा ब्यस्त छ । स्वास्थ सामग्री का ठेकेदारहरु लास र कात्रोमा कमिसन कसरी मिल्छ भनि हिसाव गर्दै छ । सरकारी प्रधानमन्त्री ,मन्त्रि त्यहि कमिसनमा मुख मिठाउदै छन् ।
तिनै तहको सरकार निकम्मा सावित भईसकेको छ । स्वास्थ्य सम्वन्धि क्षेत्र ध्वस्त छ, तर सुतेको गिद्द विउँझेसी फेरी कसरी लुछ्ने भन्ने दाउमा छ ।
सरकारको कुनै चासोको विषय छैन जनजिविकाको यो मुद्दा, सदनमा कुरा उठ्छ ,न सरकारमा ,सवै तिर कुर्सिकै मोह छ ।तर जनताका नाउँमा सरकारलाई श्रद्वान्जली दिने वाहेक श्रद्वा गर्ने शव्द नै छैन ।
७ हजार अक्सिजन खरिदको सट्टा लास पोको पार्ने झोला किन्छ सरकार नियतिमा भन्दा नियतमा खोट भयसि ।
जनताको जिवनको रक्षार्थ एकजुट हुनपर्ने वेला हालको आवश्यकता स्वास्थ्य संकटकालको हो । तर कुर्सी जोगाउन जनता मार्ने संकटकालको लागी सरकार उद्दत छ अन्तमा ।राजनैतिक आस्था भन्दा माथि उढेर सबै मिलु दुखको यो घडिमा जनसेवामा लागु ।”