स्वास्थ्य

एक आपसको भेट्लाई पुर्ण रुपमा बन्द गरौं, सचेत हौं : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले कोरोना भाइरसवाट सावधानी, सचेत हुन आग्रह गरेकी छन्। सरकारले अन्तराष्ट्रिय जगतमा हारगुहार गरेर र नेपालमा नै उत्पादन गरेर व्यवस्था गरेको चौधरीले बताएकी छन्।

उनले लेखेकी छन्, “देशभर अक्सिजनको अभाव छ , दिनप्रतिदिन कोभिडबाट मृत्युु हुनेको संख्या बढिरहेकै छ । सरकारले अन्तराष्ट्रिय जगतमा हारगुहार गरेर र नेपालमा नै उत्पादन गरेर व्यवस्था गरेकै छ तर पनि संक्रमितको संख्या अत्यन्त धेरै भएकाले माग बमोजिम पुर्‍याउन गार्‍हो भैरहेको छ । यस्तो जोखिम अवस्था देख्दा म सबै आदरणीय जनतालाई अनुरोध गर्न चाहन्छु , हात जोडेर भन्न चाहन्छु , सावधानी हौं , सचेत हौं , एक आपसको भेट्लाई पुर्ण रुपमा बन्द गरौं , जीवन बचाउने सबभन्दा ठुलो औषधि यही । अक्सिजन सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउन हाम्रो हर प्रयत्न भैरहेकै छ ।”